ताजा समाचार

पूर्व प्रधानमन्त्री केपी ओलीद्वारा पएलओ लुब्रिकेन्टसको फ्याक्ट्री अवलोकन

काठमाडौं । पूर्वाञ्चल ल्युव आयल प्रालि १५ बर्ष पुगेको अबसर पार्दै नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कारखाना अवलोकन गरेका छन् । नेपालमा उत्पादन हुने लुब्रिकेन्टस मध्ये अग्रणी रहेको पिएलओले नेपालमा ८ प्रतिशत बजार हिस्सा रहेको पिएलओका डाइरेक्टर कृष्णप्रसाद दुलालले बताए । मोरङको बिराटचोकमा रहेका यस कम्पनीले पिएलओ, मेगा र स्टार ब्राण्डका ९० भन्दा बढी प्रकारका लुब्रिकेन्टस उत्पादन गरिरहेको छ । प्रत्यक्ष रुपमा २ सय भन्दा बढीलाई रोजगारी दिइरहेको पिएलओका देशभरमा ७ सय भन्दा बढी डिस्ट्रीब्युटर रहेका छन् । चालू आर्थिक बर्षमा ५० करोड बढीको कारोबार लक्ष कम्पनीले लिएको डाइरेक्टर दुलालले बताए । पिएलओको अबलोकन कार्यक्रममा पूर्व संचारमन्त्री शेरधन राइ र पूर्व कानून मन्त्री अग्नी खरेलको पनि उपस्थिती रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org