ताजा समाचार

भूकम्प पीडितलाई पहिलो किस्ता बापतको अनुदान रकम वितरण गरिँदै

काठमाडौं, ९ माघ ।  निजि आवास पुनर्निमाणका लागि भक्तपूरमा आजबाट  पहिलो किस्ता बापतको अनुदान रकम वितरण गरिँदै छ । भुकम्प गएको २० महिनापछि निजि आवास पुनर्निमाणका लागि अनुदान सम्झौता  गरी  बैंकमा खाता खोलेका पिडितले पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान रकम पाउन लागेका हृुन् । यसअघि अति प्रभावित १४ जिल्लामध्येका भक्तपूरमा पहिलो किस्ता वितरण गर्न बाँकी थियो । भक्तपूरका भुकम्प प्रभावित ६ वटै  नगरपालिकाले तोकेको बैकमा लाभगाहीलाई अनुदान रकम वितरणको तयारी गरेको जिविस भक्तपूरले जनाएको छ । पहिलो चरणमा १८ हजार लाभग्राहीले राहत रकम प्राप्त गर्ने बताइएको छ ।  यसैबीच दोस्रो किस्ता बापतको अनुदान वितरणको रकम अर्थ मन्त्रालयले निकासा गरेको जानकारी आएकाले आफ्नो खातामा आएलगत्तै  केही दिनमै लाभग्राहीलाई दिने प्रक्रिया सुरु गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ गोविन्दराज पोखरेलले सो रकम कोष तथा लेखा नियन्त्रण कार्यलयमा निकासाको प्रक्रियामा रहेको र जतिसक्दो छिटो ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org