जलवायु परिवर्तनसम्बन्धी सम्मेलन मङ्गलबारदेखि
काठमाडौं, ९ माघ । प्रकृति मानव केन्द्रित जनआन्दोलनले ‘सातौँँ जनसार्क सम्मेलन’ यही माघ ११ र १२ गते यहाँ गर्ने भएको छ । नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल हुने छ । कार्यक्रममा सहभागी राष्ट्रका प्रतिनिधिले आआफ्नो देशमा अहिले जलवायुले पारेको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा स्पेन, क्यानडा, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, चीन र जापानका प्रतिनिधि पनि सहभागी हुनेछन्। प्रकृति मानव केन्द्रित जनआन्दोलन नेपाल शाखाका अध्यक्ष दीनदया रिजालले जलवायु परिवर्तनका असरले पृथ्वीको तापक्रममा भएको वृद्धि तथा अहिले विभिन्न हिमालमा हिउँ जम्ने तथा पग्लने क्रम घट्दै गइरहेको बताउँदै यसले आगामी दिनमा मानव स्वास्थ्य र वातावरणमा नराम्रो असर पार्ने बताए। उनले जलवायु परिवर्तनका कारण, त्यसले सार्क क्षेत्रलाई पारेको असरका साथै न्यूनीकरणका उपायका बारेमा पनि सम्मेलनमा छलफल गरिने जानकारी दिनुभयो । सम्मेलनमा विश्व शान्तिका लागि हतियार उत्पादन गर्ने राष्ट्रलाई निःशस्त्रीकरण गर्नसमेत दबाब दिइने बताइएको छ ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री यादवको निर्देशन
काठमाडौं । उपत्यकावासीले दशैँको अघि नै मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...