ताजा समाचार

फेसबुकका मालिक जुकरवर्ग बने विश्‍वकै छैठौं धनी

काठमाडाैंः सामाजिक सञ्जाल ‘फेसबुक’का मालिक मार्क जुकरवर्ग विश्‍वकै छैठाैं धनी व्यक्ति बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको सर्वेक्षण अनुसार जुकरवर्गले फेसबुकबाट फर्स्ट क्वार्टरमा मात्रै ०.३९ प्रतिशत आम्दानी गरेका छन्। योसँगै मार्कजुकरवर्गको सम्पत्ति ५१.७ विलियन डलर पुगेको फोर्ब्सले जनाएको छ। 
 
उनको सम्पत्ति ओराकलका अध्यक्ष ल्यारी इलिसनभन्दा झण्डै २ विलियन डलर बढी रहेको फोर्ब्सको तथ्यांकमा उल्लेख छ। गत बुधबारमात्रै फेसबुकले एक घण्टामा १० प्रतिशतभन्दा माथिको व्यापार गरेको थियो। यस्तै कम्पनीले सन् २०१६ को चौथो क्वार्टरमा पहिलो क्वार्टरको जस्तै कमाइ गरेको छ। 
 
कम्पनीले पहिलो क्वाटरमा ५.३८ विलियन डलर कमाइ गरेको थियो। जसमा ५.२६ विलियन डलर भने मोबाइल विज्ञापनको कमाइ हो। फेसबुकले मोबाइल विज्ञापनबाटै एक चौथाइ कमाइ गरिरहेको छ। यसका साथै उसको औसत कमाइ १.५१ विलियन डलरभन्दा माथि छ। 
 
यस्तै अनलाइनबाट कमाइ गर्नेहरुमा मार्क जुकरवर्ग, एलिसन र अमेजनका सिइओ जेफ बेजो विश्‍वमै १० अग्रस्थानमा आफ्नो नाम सूचीकृत गराइसकेका छन्। जुकरवर्ग अनलाइनमा कमाइ गर्नेहरुमध्ये सबैभन्दा अगाडि देखिएका छन्। 
 
यस्तै, सन् २००४ देखि सामाजिक सञ्जालका रुपमा चिनाएका फेसबुकका मालिक जुकरवर्ग आफैंले फेसबुक नचलाउने गरेको तथ्य खुलेको छ। उनको फेसबुक प्रोफाइल कम्पनीका दर्जनबढी कर्मचारीले अपडेट गर्ने गरेको जनाइएको छ। कर्मचारीले दैनिक गतिविधि, विशिष्ट मिटिङ तथा श्रीमती र छोरीका तस्बिरहरु फेसबुकमा पोस्ट गर्ने गरेका छन्। 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org