ताजा समाचार

‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय’

काठमाडौं ११ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ ।

मंगलवार बिहान बालुवाटारमा भएको भेटवार्तामा दुईबीच विभिन्न विषयहरुमा छलफल भएको भएको थियो ।

भेटका क्रममा पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सर्हाना गरेका थिए ।

उनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रियरुपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको बताए ।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा अन्र्तराष्ट्रिय समुदायको सदभावप्रति आभार व्यक्त गर्दै अहिले आफूहरु प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org