जनस्वास्थ्य कार्यालयले जुटायो औषधि
गत साता पथलैया र बुटवलस्थित स्टोरबाट ल्याएकाऔषधि विभिन्न स्वास्थ्य चौकीको मागअनुसार पठाएको जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले जानकारी दिनुभयो ।
“सिटामोल, प्यारासिटामोल, मेट्रोनेटाजोल, एमोक्सोसिलिन, रेनिटिडिङ, सिप्रोप्रोसेलिङलगायत औषधि पथलैया र बुटवलस्थित स्टोरबाट जनस्वास्थ्यको स्टोरमा ल्याएका छौँ”, उहाँले भन्नुभयो – “स्वास्थ्य चौकी तथा नगरस्थित स्वास्थ्य केन्द्रले माग गरेअनुसारका औषधि धमाधम पठाएका छौँ ।” औषधिको अभाव झेल्दै आएका विभिन्न २१ वटा स्वास्थ्य संस्थामा औषधि पठाइसकेको जनस्वास्थ्य प्रमुख पराजुलीले बताउनुभयो ।
गोरखा नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र, गाँखु, मकैसिङ, आरुचनौटे, जौवारीलगायत क्षेत्रमा औषधि ढुवानी गरिसकिएको छ भन्दै उहाँले – “औषधि खरिदको टेन्डर दोहो¥याएर गर्नुपर्दा समयमै औषधि जुटाउन सकेनौँ ।” खरिद प्रक्रिया झन्झटिलो र लामो भएकाले तत्कालै औषधि खरिद गर्न नसक्दा अभाव झेल्नुपरेको जनस्वास्थ्य प्रमुख पराजुलीको भनाइ छ । जनस्वास्थ्य कार्यालयले रु २५ लाखको औषधि खरिद गर्न दोस्रोपटक टेन्डर गरिसकेको छ ।
सत्तरी प्रतिशत औषधि केन्द्र, १० प्रतिशत क्षेत्र र २० प्रतिशत औषधि जिल्लाले खरिद गर्नुपर्ने नियम छ । केन्द्रले पनि औषधि खरिदमा ढिलाइ गरेकाले जनस्वास्थ्य कार्यालय र स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । “जिल्लामा चाहिने औषधि सबै जनस्वास्थ्य कार्यालयले खरिद गर्ने होइन”, उहाँले भन्नुभयो, “जनस्वास्थ्यले समयमै औषधि नकिन्दा अभाव भो भन्ने बुझाइ गलत हो । केन्द्रले पठाउनुपर्ने ७० प्रतिशत औषधि समयमै पठाउन सकेन ।
जनस्वास्वास्थ्यले अहिलेसम्म सडक पहुँच पुगेका क्षेत्रका स्वास्थ्य चौकीमा मात्रै औषधि पठाएको छ । हिमालपारिका सिर्दिवास, बिही, चुम्चेत, छेकम्पार, प्रोक, ल्हो र सामागाउँमा औषधिको अभाव कायमै रहेको गुनासो आएपनि स्वास्थ्य प्रशासक पराजुलीले सबै स्वास्थ्य चौकीमा औषधिको अभाव नरहेको दाबी गर्दै केही स्वास्थ्य चौकीमा भएको औषधि अभाव समाधान भइसकेको बताउनुभयो ।
आइएमसीले दियो ७० लाखको औषधि
भूकम्पपछि गोरखाको स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आएको इन्टरनेसनल मेडिकल क्रप्स (आइएमसी) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयलाई रु ७० लाख बराबरको औषधि सहयोग गरेको छ ।
आइएमसीको नेपालस्थित कन्ट्री डाइरेक्टर जोलेन एम मुलिन्सले आज जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीलाई सिटामोल, नवजात शिशुलाई आवश्यक विभिन्न औषधि, रक्तचाप लगायतका विभिन्न रोगसंग सम्बन्धित औषधि हस्तान्तरण गर्नुभएको हो । एक सय २ प्रकारका औषधि जनस्वास्थ्य कार्यालयमार्फत जिल्लाका विभिन्न सात स्वास्थ्य संस्थालाई उपलब्ध गराएको आइएमसीका प्रतिनिधि अशोक पौडेलले जानकारी दिनुभयो ।
भूकम्पले ध्वस्त बनाएको ताप्ले, खरिबोट, मुच्चोक, आरुआर्वाङ, स्वाँरा, सौरपानी, घ्याच्चोक स्वास्थ्य चौकीलाई उक्त औषधि पठाउने तयारी गरिएको जनस्वास्थ्य कार्यालयका नानीबाबु दानीले जानकारी दिनुभयो । आइएमसीले यी सात गाविसमास्वास्थ्य चौकी भवन निर्माण गरेको थियो ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...