ताजा समाचार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहीद दिवसको शुभकामना

काठमाडौं १६ माघ। शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले ज्ञातरअज्ञात शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै नेपालका विभिन्न राजनीतिक आन्दोलनमा शहीदहरुले निर्बाह गरेको भूमिकाको स्मरण गरेकी छन् ।

संविधानसभाबाट संविधान जारी भएसँगै शहीदहरुको सपना पूरा हुँदै गएको उल्लेख गर्दै उनले देशमा अब आर्थिक विकास गर्न सबै एक भएर लाग्नु पर्ने बताएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसको अवसरमा शुभकामना बक्तव्य जारी गर्दै शान्ति र विकाससहितको समुन्नतीका लागि सबैमा सहकार्य गरेर अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

नेपालका विभिन्न राजनीतिक आन्दोलन सफल बनाउन शहीदहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त राजनीतिक उपलब्धी जोगाउँन राजनीतिक दलहरु एक हुनु पर्ने उल्लेख गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत् देशलाई समृद्ध बनाउन शहिदहरूको सपना तथा योगदान सधैं प्रेरणादायी हुनेछ भन्ने विश्वास लिएको छु ।’ शुभकामना बक्तव्यमा उल्लेख छ ।

‘आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरुको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञातरअज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ प्रधानमन्त्री दहालद्वारा आइतबार जारी वक्तब्यमा भनिएको छ, ‘स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् शहीदहरूको योगदान सधैं स्मरणीय रहनेछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org