स्ववियु चुनाव : यस्ता गतिविधि गर्न पाउँदैनन् विद्यार्थीले
स्ववियुकेन्द्रित नयाँ भर्नामा रोक, तडकभडकको प्रचार प्रतिबन्ध
आगामी १४ फागुनमा हुने स्ववियु चुनाव लक्षित गरी विद्यार्थी संगठनले नयाँ विद्यार्थी भर्ना गर्न नपाउने भएका छन् । त्रिभुवन विश्वविद्यालयले चुनावको कार्यतालिका र आचारसंहिता सार्वजनिक गरी शनिबारदेखि चुनाव सम्पन्न नहुँदासम्मका लागि भर्ना रोकेको हो ।
त्रिविले जारी गरेको आचारसंहिताअनुसार यसपटक विद्यार्थी संगठनले प्रचारका लागि तडकभडक गर्न पाउनेछैनन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समितिले जारी गरेको आचारसंहितामा निर्वाचन कमिटी, उम्मेदवार, क्याम्पस प्रशासनलगायतले गर्नुपर्ने र गर्न नहुने काम तोकेको छ । त्रिविले शनिबार १ फागुनमा मतदाता सूची प्रकाशित गर्नेदेखि १४ फागुनमा मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
चार लाख युवाकेन्द्रित चुनाव : त्रिवि उपकुलपति
त्रिवि उपकुलपति प्रा. डा. तीर्थराज खनियाँले विद्यार्थी संगठनसँगको छलफलबाट आचारसंहिता जारी गरेको जानकारी दिए । ‘विद्यार्थी संगठनहरूसँगै छलफल गरी सामान्य ढंगले चुनाव गर्ने सहमति भएको हो,’ उनले भने, ‘त्रिविमा झन्डै चार लाख युवाको ध्यान केन्द्रित हुने चुनाव हुँदै छ, कुन संगठनले जित्छ भन्दा पनि स्ववियुले जित्नुपर्छ, विद्यार्थीकै सहयोगले चुनाव सफल हुन्छ ।’
मिश्रित प्रणालीमा चुनाव
त्रिविमा ०६५ सालयता स्ववियु चुनाव हुन सकेको छैन । पहिलोपटक मिश्रित प्रणालीमा चुनाव हुँदै छ । स्ववियुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यमा प्रत्यक्ष चुनाव गर्ने तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्यमा समानुपातिक प्रणालीमा चुनाव हुने प्रस्ताव यसअघि नै पारित भएको छ ।
भर्ना गर्न नपाइने
त्रिविले स्ववियु निर्वाचन घोषणा गरेको मितिबाटै सम्पूर्ण क्याम्पसमा प्रथम वर्षको भर्ना बन्द गरिने बताएको छ । साथै दोस्रो, तेस्रो र चौथो वर्ष एवं दोस्रो सेमेस्टरदेखि अन्तिम सेमेस्टरको भर्ना बन्द गरिनेछ । तर, सेमेस्टर प्रणालीमा सञ्चालित कार्यक्रममा प्रवेश परीक्षा उत्तीर्ण भइसकेका कोटाभित्र भर्ना हुनेको हकमा मतदाता सूची प्रकाशित हुने मितिभन्दा एक दिनअगाडिसम्म नियमअनुसार भर्ना गर्न पाइनेछ ।
प्रमाणपत्र पेस गर्नुपर्ने
प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार हुने विद्यार्थीले उमेर खुलेको अध्ययनरत तहभन्दा अघिल्लो तहको शैक्षिक प्रमाणपत्रको सक्कल निर्वाचन समितिमा पेस गरी त्यसको प्रतिलिपि पेस गर्नु पर्नेछ । त्यस्तो उम्मेदवार ६ फागुन २०४५ भन्दा अगाडि जन्ममिति भएको हुनु पर्नेछ ।
अलग–अलग मतपत्र
निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका लागि अलग–अलग मतपत्र हुनेछ, समानुपातिक मतपत्रमा संगठनको नाम राखिनेछ । प्रत्यक्षतर्फका मतपत्रमा संघ–संगठन वा समूह र उम्मेदवारको नाम राखिनेछ । समानुपातिकतर्फ संघ, संगठन वा समूहको नाम मात्र राखिने छ ।
उम्मेदवारबारे यस्तो छ व्यवस्था
प्रत्यक्षतर्फका उम्मेदवार भएका व्यक्तिले समानुपातिकतर्फ उम्मेदवार हुन पाउने छैनन् । प्रत्यक्षतर्फको उम्मेदवारको नाम समानुपातिकतर्फबाट समावेश भएको पाइएमा निर्वाचन समितिले समानुपातिकतर्फबाट नाम हटाई बाँकी सदस्यहरूको नाम मात्र कायम गर्नेछ ।
प्रत्यक्ष निर्वाचनतर्फको मतगणनामा मत बराबर भएमा गोलाप्रथाबाट निर्णय गरिनेछ । समानुपातिकतर्फ खसेको जम्मा मतलाई समानुपातिकतर्फ हुने सदस्य संख्याले भाग गरी आएको मागफललाई निर्वाचित हुने मत कोटा मानिनेछ । यो मत कोटाको अनुपातमा संघ, संगठन वा समूहको सदस्य निर्वाचित हुनेछन् । निर्वाचित हुने आवश्यक संख्या पूरा नभएमा अधिकतम शेषफलको क्रमअनुसार निर्वाचित हुने सदस्य संख्या वितरण गरिनेछ ।
यस्तो छ तालिका
१ फागुन : मतदाता सूची प्रकाशित
३ फागुन : मतदाता सूचीमा दाबी विरोध र मतदाताको नामावली प्रकाशित
४ फागुन : उम्मेदवारको मनोनयन पत्र वितरण
५ फागुन : उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित
६ फागुन : उम्मेदवारको नामावलीमा दाबी विरोध र दाबी विरोधमा छानबिन गरी नामावली प्रकाशन
८ फागुन : उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय (१ बजेसम्म) र ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित
१४ फागुन : मतदान
यस्ता गतिविधि गर्न पाउँदैनन् विद्यार्थीले
१. क्याम्पसको पर्खालको बाहिरपट्टि, भित्रपट्टि र क्याम्पसपरिसरमा भित्तेलेखन गर्न पाइनेछैन ।
२. निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र पोस्टर टाँस्न पाइनेछैन
३. त्रिवि वा क्याम्पसलाई हानि–नोक्सानी हुने कुनै प्रकारको प्रचार–प्रसार गर्न पाइनेछैन ।
४. क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका संघ–संगठन, समूह वा
स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी निर्वाचन समितिले परिचयात्मक कार्यक्रम सञ्चालन गर्नेछ, सो कार्यक्रममा एक–अर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न पाइनेछैन ।
५. प्रत्येक संघ–संगठन, समूह र स्वतन्त्र उम्मेदवारको आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एक रङको पर्चा मात्रै प्रचार–प्रसार गर्न पाइनेछ ।
– क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न पाइनेछैन ।
– बन्देज लगाएका कार्य कसैले गरेको पाइएमा क्याम्पसले तुरुन्त हटाउनेछ ।
– मतदान हुनु ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचार–प्रसार गर्न पाइनेछैन ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...