ताजा समाचार

औपचारिकतामै सीमित शहीद दिवस

काठमाडौँ, माघ १६ गते । शहीद दिवस हरेक वर्ष मनाइए पनि यो औपचारिकतामै सीमित छ । मुलुकमा गणतन्त्र आए पनि शहीदको योगदानको कदर हुन नसकेको धारणा शहीद परिवार, राजनीतिज्ञ, लेखक, विश्लेषक र विद्धानको छ ।
वरिष्ठ राजनीतिज्ञ तथा लेखक पुरुषोत्तम बस्नेतले मुलुकमा लोकतन्त्र आए पनि राज्यले शहीदको योगदानको कदर गर्न नसकेको जिकिर गर्नुभयो । अहिलेसम्मको शहीद दिवस औपचारिकतामा मात्र सीमित रहेको बताउँदै उहाँले शहीद दिवस नगरपालिका स्तरबाट नभई राज्यको केन्द्रीय स्तरबाट मुलुकभरि मनाउनुपर्ने सुझाव दिनुभयो ।
तत्कालीन राजा महेन्द्रद्वारा २०१२ सालमा काठमाडौँ नगरलाई शहीद दिवस मनाउने आदेश भएदेखि काठमाडौँ नगरपालिकाले शहीद दिवस मनाउँदै आएको छ । आज पनि शहीद दिवस मनाउने जिम्मेवारी राज्यको केन्द्रीय स्तरमा नभई काठमाडौँ महानगरपालिकालाई नै रहेको छ ।
उहाँले मुुलुकमा गणतन्त्र आएसँगै शहीदको सपनाको राजनीतिक अध्याय केही हदसम्म पूरा भएको छ तर गणतन्त्र संस्थागत नभएसम्म ढुक्क हुने अवस्था छैन । गणतन्त्र माथिको चुनौती अझै कायमै छ । मुलुकमा राजनीतिक उपलब्धि भए पनि शहीदले कल्पना गरेको समाज अझैँ निर्माण हुन सकेको छैन । आमनागरिक शोषण उत्पीडनमै छन् । समाजमा असमानताको खाडल दिनदिनै बढ्दैगएको अवस्था छ भन्नुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org