ताजा समाचार

देशभर पाँच हजारभन्दा बढी खानेपानी आयोजना

 

काठमाडौँ, माघ १६ गते । खानेपानी तथा ढल निकास विभागले सबै जनतालाई खानेपानी पहुँच पु¥याउने उद्देश्यका साथ आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको छ । विभागले खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत ७५ वटै जिल्लामा सञ्चालन गर्ने गरी आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको हो ।

विभागका उपसचिव अरुणकुमार सिम्खडाले सबै जनतालाई आधारभूत खानेपानी पु¥याउने उद्देश्यका साथ पाँच हजार १८७ आयोजना सञ्चालन गर्न लागेकोे जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “८० प्रतिशत सरकारको सहयोग र २० प्रतिशत जनश्रमदानमा उक्त आयोजना सञ्चालन गर्न लागेका छौँ ।”

विभागले गत आर्थिक वर्षमा दुई हजार ९१६ आयोजनामात्र सञ्चालन गरेकोमा यस वर्ष बढाएको हो । सञ्चालन गर्न लागेका आयोजनामध्ये सबैभन्दा धेरै काठमाडौँ १५२, स्याङ्जा १४८, गुल्मी १२९ रहेका छन् भने सबैभन्दा थोरै आयोजना मनाङमा १३ वटा रहेका छन् ।

यी आयोजना सञ्चालनका लागि सरकारले रु छ अर्ब ४१ करोड ८० लाख छुट्याएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org