ताजा समाचार

निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक संसदबाट पारित

 

काठमाडौं, १७ माघ । व्यवस्थापिका संसदले निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पारित गरेको छ । राज्यब्यवस्था समितिले गत शुक्रवार सदनमा प्रस्तुत गरेको प्रतिवेदन सहितको सो विधेयक संसदको आजको बैठकले सर्वसम्मतीले पारित गरेको हो ।

यो सँगै संसदले निर्वाचनसँग सम्बन्धित तीन वटा विधेयक पारित गरेको छ । निर्वाचन आयोगको काम, कर्तब्य र अधिकारसम्बन्धी विधेयक र मतदाता नामावलीसम्बन्धी विधेयक संसदले यसअघि नै पारित गरिसकेको छ । अन्य राजनीतिक दल र स्थानीय तह निर्वाचनसम्बन्धी दुई वटा विधेयक भने संसदको राज्य ब्यवस्था समितिमा बिचाराधिन छन् । थ्रेसहोल्ड र स्थानीय तहको निर्वाचनको मितिबारे सहमति जुट्न नसक्दा ती विधेयक समितिले पारित गर्न सकेको छैन । त्यसअघि संसदको आजको बैठकले वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले पेश गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणसम्बन्धी विधेयक पारित गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org