ताजा समाचार

द्वन्द्वपीडित किसानलाई अनुदान दिइने

रोल्पा, १९ माघ । सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन्द्वपीडित किसान अनुदान कार्यक्रम सुरु भएको छ ।

हरेक जिल्लामा २२ जना द्वन्द्वपीडित किसान छनोट गरी प्रतिकिसान रु ४० हजारका दरले अनुदान दिनेगरी कार्यक्रम अगाडि बढेको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

किसान छनोटका लागि आह्वान गरिएको सूचनामा रोल्पाका ६० जना द्वन्द्वपीडित किसानले निवेदन दिएकामा ती निवेदनमाथि स्थलगत अनुगमन गरी २२ जना मात्र छनोट गरिने जानकारी दिँदै छनोटका विभिन्न १० आधार तय गरिएको र सोही आधारमा जिल्ला कृषि विकास समितिले छनोट गर्ने उहाँले बताउनुभयो ।

कम्तीमा दुई रोपनी जग्गामा व्यावसायिक तरकारीखेती गर्ने किसान छनोट गरी अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय रोल्पाले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org