जिल्ला शिक्षाको निर्देशन अटेर गर्ने विद्यालयहरुलाई कारबाहीको तयारी
जिल्ला शिक्षा समिति सुर्खेतले विद्यालय व्यवस्थापन समिति गठन गर्न अटेर गर्ने सुर्खेतका ६ वटा विद्यालयलाई कारवाहीको चेतावनी दिएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले पटक पटक निर्देशन दिदा समेत अहिलेसम्म पनि विद्यालय व्यवस्थापन समिति गठनमा वास्था नगरेका विद्यालयहरुलाई कार्वाही गर्ने चेतावनी दिइएको हो ।
जिल्ला शिक्षा समिति सुर्खेतका अनुसार वीरेन्द्रनगर–६ मा रहेको जन माध्यमिक विद्यालय, वीरेन्द्य्रनगर–१२ को अमरज्योती माध्यमिक विद्यालय नेवारे, साविकको जर्वुटाको गाग्रेतालमा रहेको चन्द्रगंगा माध्यमिक विद्यालय, जहरेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय,राकमको बागेश्वरी माध्यमिक विद्यालय र लेखपराजुल गाविसको सरस्वती माध्यमिक विद्यालयलाई कार्वाही गर्ने चेतावनी दिइएको छ ।
यी ६ वटै विद्यालयहरुलाई यही माघ मसान्तसम्म विद्यालय व्यवस्थापन समिति गठन गर्न पुनः निर्देशन दिइएको छ । उक्त समयसीमा भित्र पनि विद्यालय व्यवस्थापन समिति गठन नगरेमा थप कार्वाही प्रक्रिया अघि बढाउन जिल्ला शिक्षा कार्यालय सुर्खेतलाई निर्देश गरिने निर्णय जिल्ला शिक्षा समितिले गरेको छ ।
मंगलबार बसेको शिक्षा समितिको बैठकले विवादित विद्यालय व्यवस्थापन समिति गठनको छानविनका सम्बन्धमा पनि निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनमा विवाद देखिएका विद्यालयहरुमा सम्बन्धित विद्यालय विद्यालय निरीक्षकको संयोजकत्वमा जिल्ला शिक्षा कार्यालयको तीन सदस्यीय समिति गठन गरी छानविन गर्न शिक्षा समितिले जिल्ला शिक्षा कार्यालयलाई निर्देश गर्ने निर्णय गरेको छ । यी विद्यालयहरुको विवादको छानविन गर्न गठन भएका समितिहरुको लागि जिल्ला शिक्षा समितिका सदस्य ठम्मरबहादुर विष्ट, डण्डीप्रसाद शर्मा र भिमबहादुर शाही परियारलाई सहजिकरण गर्ने जिम्मा दिने निर्णय समेत भएको छ ।
विद्यालय व्यवस्थापन समिति गठनका क्रममा रानिबासको मालिका माध्यामिक विद्यालय धारापानीको कालिका माध्यामिक विद्यालय र छिन्चुको भवानी नेरा आधारभूत विद्यालयमा विवाद देखिएको थियो । ती विद्यालयहरुबाट विवाद भएपछि जिल्ला शिक्षा कार्यालयमा उजुरी समेत परेको छ ।
यस्तै बैठकले करार, सट्टा एवंम राहत शिक्षक छनौटलाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन शिक्षा ऐन २०२८ आठौ संशोधन को दफा ११ को उपदफा ५ को ग र छ बमोजिम निर्देशन दिने निर्णय गरिएको छ ।
बैठकले सुर्खेतमा धार्मिक विद्यालय संचालनका लागि अनुदान रकम आएको र त्यस्तो अनुदान रकम शिक्षक दरबन्दी भएको धार्मिक विद्यालयमा दिन नसकिने भएकोले सम्बन्धित धार्मिक विद्यालयको अनुरोधलाई ध्यानमा राखी मदरसा मदिना माध्यामिक विद्यालयलाई निमावि तहको अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । साथै त्यस विद्यालयमा रहेको निमावि तहको एक मात्र दरबन्दी कटौटी गरी उक्त दरबन्दी निमावि र माध्यामिक तहमा एउटा पनि दरबन्दी नभएको सामुदायिक माध्यामिक विद्यालय सनिमोर लेखपराजुलमा थप गर्ने निर्णय भएको छ ।
कारबाहीको चेतावनी दिएका विद्यालयहरु
श्री जन माध्यमिक विद्यालय, बीरेन्द्रनगर, सुर्खेत ।
श्री अमरज्योती माध्यमिक विद्यालय, नेवारे, बीरेन्द्रनगर, सुर्खेत ।
श्री ने. रा. चन्द्रगंगा माध्यमिक विद्यालय, गाग्रेताल, बीरेन्द्रनगर, सुर्खेत ।
श्री ने, रा. माध्यमिक विद्यालय, सानोजात्री, जहरे, सुर्खेत ।
श्री बागेश्वरी माध्यमिक विद्यालय, राकम, सुर्खेत ।
श्री सरस्वती माध्यमिक विद्यालय, डुङ्ग्रीखोला, लेखपराजुल, सुर्खेत ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...