ताजा समाचार

‘कर्णाली विकासको १० वर्षे गुरुयोजना कार्यान्वयनमा प्राथमिकता’

 

 

काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले कर्णालीको विकासका लागि प्रस्तावित गुरुयोजनालाई प्राथमिकतामा राखेर मन्त्रालयले कार्यान्यवन गराउने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गर्न पुगेका कर्णाली विकास आयोगका पदाधिकारीहरुसँग प्रचण्डले सो कुरा बताएका हुन् ।

कर्णालीको विकासबारे गम्भीर भएर गुरुयोजना तयार गरेकोमा प्रधानमन्त्री दाहालले आयोगका पदाधिकारीहरुलाई आभार प्रकट गर्दै आयोगको गुरुयोजना अध्ययन गरेर मन्त्रिपरिषद् बैठकमा थप छलफल गर्ने र कार्यान्वनमा लैजाने बताएका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई भेट्न आयोगका अध्यक्ष चन्द्रकान्त पौडेल नेतृत्वको पदाधिकारी टोलीले सिंहदरबार पुगेको थियो । अध्यक्ष पौडेलले यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जडीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवर्द्धन र कृषिमा लगानीजस्ता सवालहरु कर्णाली विकासका प्रमूख चुनौतीको रुपमा रहेको भन्दै आयोगले बनाएको गुरुयोजना कार्यान्वयन भए कर्णालीको गरिब १० वर्षमा २१ प्रतिशतमा झार्न सकिने प्रक्षेपण गरिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org