खिम्ती–ढल्केबर प्रसारण लाइन आएपछि भोल्टेजको समस्या समाधान
काठमाडौँ,। नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि भोल्टेजमा देखिएको उतारचढाव कम भएको छ ।
ढल्केबरबाट आयात भएको विद्युत् प्रवाहका लागि विभिन्न चारवटा प्रसारण लाइन एकीकृत रुपमा सञ्चालनमा आएपछि भोल्टेजको समस्या समाधान भएको हो । ढल्केबरबाट खिम्ती जोडिएको छ भने ढल्केबरबाटै हेटौँडा पनि जोडिएको छ । यस्तै पूर्व जाने प्रसारण लाइनको हबसमेत ढल्केबरमा नै रहेको छ ।
एकैस्थानबाट बढी विद्युत् प्रवाह गराउँदा समस्या आएपछि प्राधिकरणले विभिन्न उपाय अवलम्बन गर्दै आएको थियो । वैकल्पिक प्रसारण लाइन निर्माण एवम् सञ्चालनमा आएपछि विद्युत् आप्रवाहमा समस्या समाधान भएको र मुलुकभर नै स्वच्छ ऊर्जा प्राप्त हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
अघिल्लो सातादेखि नै भोल्टेजमा देखिएको समस्या समाधान भएको र वीरगन्ज औद्योगिक करिडोरमा परेको समस्यासमेत समाधान भएको उहाँको भनाइ छ । विगत १७ वर्षदेखि अवरुद्ध हुँदै आएको खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको प्रसारण लाइन र अन्य प्रसारण लाइनबीच समेत एकरुपता कायम भएको छ ।
भारतबाट थप २५ मेगावाट विद्युत्समेत थप भएको छ । आन्तरिक रुपमा समेत प्रसारण लाइनको क्षमता विस्तार भएको र विद्युत् प्रवाह नियन्त्रण यन्त्रसमेत विभिन्न सवस्टेसनमा जडान भएका कारण भोल्टेजमा देखिएको समस्या समाधान भएको प्राधिकरणको भनाइ छ ।
औद्योगिक क्षेत्रमा नै सबैभन्दा बढी भोल्टेजमा समस्या हुँदै आएको थियो । विद्युत् प्रवाह नियन्त्रण यन्त्र ‘स्टेपलाइजर’ नहुँदा सबैभन्दा बढी वीरगन्ज औद्योगिक करिडोरमा रहेका उद्योग तथा व्यवसायी सबैभन्दा बढी मारमा परेका थिए ।
वीरगन्ज उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले ऊर्जा मन्त्री, ऊर्जा सचिव र प्राधिकरणका कार्यकारी प्रमुखलाई भोल्टेजको समस्या समाधान गरिदिन पटक पटक आग्रह गर्दै आउनुभएको थियो ।
आफूहरुको मागअनुसार पछिल्लो दिनमा भोल्टेजमा देखिएको समस्या सुधार हुँदै गएको भए पनि अझै धेरै गर्न बाँकी रहेको उहाँको भनाइ छ । भोल्टेजमा हुने उतारचढावका कारण वीरगन्ज औद्योगिक करिडोरका धेरैजसो उद्योगले स्वच्छ ऊर्जा पाउन सकेका थिएनन् जसबाट औद्योगिक उत्पादनसमेत प्रभावकारी हुन नसकेको तथा सामान खेर फाल्नुपर्ने अवस्था आएको थियो ।
पूर्वाञ्चलमा कुनै समस्या आए पनि तत्काल निरुपण गर्न सहज भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । ढल्केबर–खिम्ती प्रसारण लाइन काठमाडौँमा जोडिएपछि त्यसले काठमाडौँ उपत्यकाको मात्रै नभई छुट्टाछुट्टै रहेको प्रसारण लाइनसमेत एकीकृत रुपमा सञ्चालन हुन थालेको छ ।
खिम्तीको विद्युत् वर्षायाममा लामोसाँघु–काठमाडौँ हुँदै तराई लैजानुपर्ने अवस्थाको समेत अन्त्य भएको छ । त्यसले प्रसारण लाइनमा नै हुने १० मेगावाट विद्युत् चुहावटसमेत नियन्त्रण हुने खिम्ती–ढल्केबर आयोजनाका प्रमुख श्यामकुमार यादव बताउनुहुन्छ ।
प्रमुख यादवले सो प्रसारण लाइनको डबल सर्किट पूर्णरुपमा सञ्चालनमा आएपछि करिब सात सय मेगावाट विद्युत् आयात तथा निर्यात गर्न थप सहज हुनेछ । हाल ढल्केबरबाट खिम्ती हुँदै काठमाडौँमा ८० मेगावाट विद्युत् प्रवाह भएको छ । त्यसमा हिमाल हाइड्रोको ३३ मेगावाट विद्युत् पनि जोडिएको छ । जग्गा प्राप्तिमा रहेको समस्याका कारण प्राधिकरणको नयाँ खिम्ती सवस्टेसन निर्माणमा ढिलाइ भई भारतबाट आयातित विद्युत् हिमाल हाइड्रोको सवस्टेसनमै समायोजना गरेर काठमाडौँ जोडिएको हो ।
मुलुकमा सञ्चालनमा रहेका अधिकांश प्रसारण लाइन १३२ केभिएको रहिरहेको सन्दर्भमा खिम्ती–ढल्केबर प्रसारण लाइनको क्षमता २२० केभी रहेको छ । त्यसले नै भोल्टेजमा देखिएको उतारचढावलाई हल गरेको र स्वच्छ एवम् सन्तुलित ऊर्जा आपूर्ति भइरहेको प्राधिकरण प्रवक्ता अधिकारीको भनाइ छ । उक्त प्रसारण लाइन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको हो । यही माघ २ गतेदेखि सञ्चालनमा आएको प्रसारण लाइन निर्माणमा प्राधिकरणले सबैभन्दा बढी जटिलता व्यहोरेको थियो । रासस
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...