ताजा समाचार

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बगुवाका कृषक

मेलम्ची, २३ माघ । स्थानीय बगुवा क्षेत्रका कृषक व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् ।
पारिवारिक गर्जो टार्न मात्र तरकारीखेती गर्दै कृषक अहिले व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि मनग्य आम्दानी लिन सफल भएका हुन् । उनीहरुले काउली, आलु, बन्दाकोपी, गोलभेँडालगायतका तरकारी उब्जाएर नजिकैको मेलम्ची बजारमा बिक्री गर्दै आएका छन्् ।
आफ्नो घरको गुजारा चलाउन मात्र तरकारीखेती गर्दै आउनुभएका यहाँका कृषक तुलाराम दाहालले विगत सात वर्षदेखि तरकारी खेतीलाई व्यावसायिककरण गर्दै त्यसमै समय बिताउने गर्नुहुन्छ ।
व्यावसायिक रुपमा तरकारीखेतीबाट राम्रो आयआर्जन भएको सुनेपछि आफूलाई पनि यसमा हौसला मिलेको उहाँले बताउनुभयो ।
आफ्नो करिब १० रोपनी जग्गामध्ये सात रोपनीमा तरकारीखेती गर्ने गरेको र बाँकी जमिनमा धान रोप्ने गरेको कृषक तुलाराम दाहालको भनाइ छ । उहाँले तरकारी खेतीबाट वार्षिक रु चार लाख आम्दानी गर्ने गरेको जानकारी दिनुभयो ।

तरकारी खेतीले फेरिएको जीवनसँगै उहाँले भन्नुभयो । “धुलाम्य तथा जीर्ण सडको कारणले खेतीमा केही चुनौती थपिएको गुनासो गर्नुभयो ।
मौसमी तथा बेमौसमी दुई प्रकारका खेती लगाउने गर्नुभएका अर्का कृषक हेमराज खतिवडा पनि उत्पादित तरकारी बजारमा मागअनुसार निर्यात हुन थालेपछि आफूले व्यावसायिक रुपमै तरकारीखेती गर्दैआएको बताउनुहुन्छ ।

गतवर्ष गोलभेँडा, काउली, बन्दा, आलुलगायतका तरकारी उत्पादन गरी रु पाँच लाख भन्दा बढी आम्दानी भएको र यसवर्ष तरकारी दूधबाट रु सात लाख आम्दानी कृषक खतिवडाको भनाइ छ ।
यहाँ उत्पदित तरकारी स्थानीय बजारमा मात्र नभएर उपत्यकामा पनि निर्यात हुने गरेको छ ।
समय समयमा जिल्ला कृषि विकास कार्यालयले दिने तालिम र तरकारीको प्रदर्शनीले पनि कृषकहरु व्यावसायिक हुन हौसिएका हुन् ।

कृषकको आवश्कताअनुसार कृषि सम्बन्धी उपकरण तथा बिउ बिजन उपलब्ध गराउँदै आएको कार्यालयका वरिष्ठ कृषि अधिकृत हिक्मतकुमार श्रेष्ठ बताउनुहुन्छ ।
विगत १० वर्षदेखि मेलम्ची नगरपालिकाको बगुवा तरकारीखेतीको लागि उत्कृष्ट रहदै आएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org