सोह्र स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी
खोटाङ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ ।
दिक्तेलको पुरानो बेसक्याम्प र रत्नपार्कमा थ्रीजी सहितको जिएसएम मोबाइल टावर जडान गर्ने तयारी गरेको टेलिकमले यसै चालु आर्थिक वर्षभित्र जिल्लाका थप १४ स्थानमा पनि टेलिफोन टावर जडान गर्ने तयारी गरेको हो ।
टेलिफोन टावर जडान गर्न भौतिक तथा प्राविधिक अध्ययन भइसकेको र सामान पनि ल्याउन थालिएको टेलिकमका प्रमुख भरोसी साहले जानकारी दिनुभयो । “सदरमुकाम दिक्तेलकै केही क्षेत्र र जिल्लाका धेरै ठाउँबाट मोबाइलले राम्रो काम नगरेको जनगुनासो आएको छ,” उहाँले भन्नुभयो, “टेलिफोन टावर जडान गरेपछि सेवाग्राहीको सबै समस्या समाधान हुन्छ ।”
टेलिकमले दिक्तेलको दुई ठाउँका साथै बाहुनीडाँडा, बाम्राङ, बराहपोखरी, खार्पा, बतासे, सप्तेश्वर, बुइपा, फेदी, रतन्छा, सल्ले, स–छितापोखरी, सावाकटहरे, सिम्पानी र काहुले गाविसमा टावर जडान गर्नेछ । टेलिफोन टावरका लागि आवश्यक उपकरण ल्याउने काम भइरहेको टेलिकमले जनाएको छ । त्यसो त खोटाङ पहिलेको भन्दा सञ्चार सुविधामा अग्रस्थानमा आएको छ ।
यसअघि जिल्लामा तीनसय ५० थान ल्यान्डलाइन टेलिफोन र केही सङ्ख्यामा मोबाइल सेवा सञ्चालनमा आएको जिल्लामा अहिले करिब दुई हजारको हाराहारीमा ल्यान्डलाइन टेलिफोन विस्तार गरिएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, चिसापानी, ऐँसेलुखर्क र खोटाङबजारमा ल्यान्डलाइन टेलिफोन विस्तार भइसकेको छ ।
जिल्लामा लाखौँको सङ्ख्यामा नमस्ते र स्काई फोन चलाउने सेवाग्राही छन् । टेलिकमबाट मात्रै ४१ हजार तीनसय ४२ थान जिएसएम सेवाअन्तर्गत नमस्ते मोबाइलको सिम वितरण गरिएको र १० हजार दुईसय ४८ वटा सिडिएमए र स्काई फोनको कार्ड वितरण गरिएको जनाइएको छ ।
इन्टरनेट सेवाअन्तर्गत जिल्लामा दुईसय ६६ ल्यान्डलाइन टेलिफोनमार्फत उपभोक्ताले एडिएसएल सेवा सञ्चालन गरिरहेका छन् ।
Comments
अरु समाचार
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...
-
पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र...