ताजा समाचार

अब मोटा सेनाका दिन गए !

काठमाडौं । नेपाली सेनामा जवानदेखि उच्च अधिकृतको उचाइ अनुसारको तौल मापन सुरु भएको छ ।  शारीरिक तौल मापदण्ड अर्थात् ‘बडी मास इन्डेक्स’ (बिएमआई) बढी भएमा पदोन्नति रोकिने, शान्ति सेनामा जान नपाइनेदेखि अन्य बिभागीय कारवाही र सेवा सुविधा पनि रोकिने छ । जसकै कारण मोटा सैनीकको दिन गएको चर्चा सैनिक मुख्यालयमा चल्न थालेको छ ।

सेनाले उचाइ र तौललाई गणना गर्दै बिएमाआई निर्धारण गर्छ । बिएमआई १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म सामान्य, २५ देखि २९ दशमवल ९ सम्म मोटो र ३० भन्दा बढी बिएमआई भएपछि अति मोटो वर्गीकरण गरेको छ ।

अति मोटो भएपछि सेनामा कारवाही सुरु हुने सैनिक अधिकारीहरुले बताए ।  मिटरमा लिइने उचाईलाई उचाइले नै गुणन गर्दै आउने योगफलले तौल (किलोग्राम) लाई भाग गरेपछि आउने अंक नै बिएमआई हो । जस्तो ५ फिट ६ इन्छ अग्लो मानिसको तौल ६४ किलोग्राम छ भने उसको बिएमआई २२ दशमलव ७९ हुन्छ । यसको बिएमआई सामान्य मोटो रहन्छ ।

अति मोटा सैनिकलाई पदोन्नति नगर्नेदेखि शान्ति सेनामा जान गरिने छनोटमा सहभागी हुन नपाउनेदेखि सेनाले दिने सेवा सुविधा कटौति हुने सैनिक मुख्यालय जनाउँछ ।  बिएमआईलाई कडाइ नगरेको सैनिक मुख्यालयले राजेन्द्र क्षत्री प्रधान सेनापति बनेपछि कडाइ सुरु गरेको हो । ‘अब अति मोटो वर्गमा पर्ने सैनिकले तत्काल तौल घटाउन सक्नु पर्छ, कि पदोन्नतिसमेतका अवसर त्याग्नु पर्छ ।’ एक सैनिक अधिकारीले भने ।

नेपाल प्रहरीमा भने बिएमआईलाई कडाइ गरेको छैन । प्रहरीहरु मोटो देखिएमा उनीहरुलाई पायक पर्ने तालिम केन्द्रमा तालिम लिन पठाएर तौल घटाउने लगाउने गरिएको छ । ‘भूँडी लागेका प्रहरी देखिएमा तौल घटाउन तालिममा पठाउने गरिएको छ, त्यो भन्दा कडा कारवाही प्रहरीमा छैन ।’ प्रहरीका एक डिआइजीले भने भने ।  चार वर्षअघि कुवेरसिंह राना प्रहरी महानिरीक्षक भएको समयमा मोटा प्रहरीलाई अनिवार्य तौल घटाउन निर्देशन दिएको थियो । तर, त्यसको अनुगमन नहुँदा प्रहरीमा मोटाहरुको संख्या उल्लेख्य छ ।  सशस्त्र प्रहरी बलले भने प्रत्येक ६ महिनामा जवानदेखि महानिरीक्षकसम्मको शारीरिक परीक्षण गर्छ ।

तौल बढी हुनेलाई तत्काल तालिममा पठाउने गर्छ । जबसम्म मापदण्डअनुसारको तौल हुँदैन तालिम लिइरहनु पर्छ । नियमित परीक्षण गर्ने चलनले सशस्त्रमा मोटाहरुको संख्या नभएको उनीहरुको दावी छ । एक डिआइजीका अन’सार ‘नियमित शारीरिक परीक्षण गर्ने र दैनिक दौडने भएकोले सशस्त्र प्रहरी बलमा मोटाइको समस्या छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org