संरक्षणको अभावमा दुर्लभ पक्षी सङ्कटमा पर्दै
बेनी (म्याग्दी), २ फागुन । संरक्षणको अभावमा म्याग्दीका दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका छन् ।
जिल्ला वन कार्यालयलगायतका सरोकारवाला निकायले चोरी सिकारी तथा वन फँडानीमा ध्यान नदिँदा वासस्थानको अभावका कारण दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका हुन् ।
जिल्लाका कुँहू, मालिका, घोडेपानी, बरङ्जा, ताकम, धारापानी, रुम, ओखरबोटलगायतका गाउँका जङ्गलमा पाइने सुनगिद्ध, मुनाल, कालिज, चीरकालिज, हाडे गिद्ध, हिमाली गिद्ध, तित्रोलगायतका पक्षी लोप हुने अवस्थामा पुगेका वन संरक्षण अभियानमा लाग्नुभएका जिल्ला वन कार्यालय म्याग्दीका वनरक्षक बालकृष्ण सुवेदीले बताउनुभयो ।
स्थानीयले चेतनाको अभावमा दुर्लभ पक्षी मार्ने गरेका र सिनोमा विष मिसाएर वा गुलेली र ढुङ्गाले हानेर पनि पक्षी मार्ने गरेका छन् सुवेदीले भन्नुभयो ।
गिद्ध, चिरकालिज, तित्रोलगायतका पक्षीको संरक्षणका लागि जनचेतना अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने सुवेदीको भनाइ रहेको छ ।
दुर्लभ पक्षी सङ्कटमा पर्दै जान थालेको अवस्थामा नयाँ प्रजातिका चरा भने जिल्लाका जङ्गलमा भित्रिएका छन् । मानसरोवर र साइवेरिया क्षेत्रमा पाइने क¥याकुरुङ, जलेवा र हाँसलगायतका पक्षी म्याग्दीका जङ्गलमा देखिन थालेका स्थानीयले बताएका छन् ।
जुनेलो उत्पादन घट्यो
विश्वमा जलवायु परिवर्तनका कारण नकारात्मक प्रभाव पारिरहेको बेला नेपालमा पनि असर देखिन थालेको छ ।
म्याग्दीका किसानले लगाउने गरेको जुनेलोखेतीमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको किसानले बताएका छन् ।
पानीको अभाव हुनु र प्रतिकूल मौसमले जुनेलो उत्पादन हुन छाडेकाले किसानले विगतको तुलनामा जुनेलोखेती लगाउने क्षेत्रमा कटौती गरेका बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो ।
जुनेलोखेतीका लागि अनुकूल वातावरण नभएपछि बारीका डिल र कुनामा वर्षौेंदेखि जुनेलोखेती गरिँदै आएको जुनेलो उत्पादन हुन छाडेको किसानले बताएका छन् ।
बीउ नउम्ररिने, उम्रिए पनि बोटमा किरा लाग्ने तथा फल नै नलाग्ने गर्दा धेरै क्षेत्रमा जुनेलोखेती गर्ने अवस्था नरहेको किसानको भनाइ छ ।
जुनेलोखेती अनुकूल वातावरणको अभावमा विस्थापित जिल्ला कृषि विकास कार्यालय म्याग्दीका कृषि प्राविधिक श्यामराज क्षेत्रीले बताउनुभयो ।
धार्मिक कार्यमा प्रसादका रूपमा प्रयोग हुने जुनेलोखेतीबाट किसानले हात झिक्न थालेको कृषि विकास कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...