ताजा समाचार

नक्कली पेस्तोलसहित चार जना पक्राउ

काठमाडौ । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । युएसजी–एमएम–पेरेट्रा लेखिएको नक्कली पेस्तोलसहित प्रहरीले नुवाकोटको सामरी–२ का ३० बर्षीय पुर्णबहादुर तामाङसमेत ४ जनालाई पक्राउ गरेको हो ।  काठमाडौ महानगरपालिका–१६ नयांबजारमा ४/५ जनाको समुहमा हातमा पेस्तोल जस्तो देखिने बस्तु देखाई लुटपाट गर्ने उद्देश्यले हिडेको सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले चेक गर्दा उनीहरुको साथबाट नक्कली पेस्तोल सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org