ताजा समाचार

माईतीघर मण्डलामा पुनः फहराइयो नेपालकै ठूलो राष्ट्रिय झण्डा

काठमाडौं, ३ फागुन । नेपाली देशभक्त युवा समाजले निर्माण गरेको नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा माईतीघर मण्डलामा पुनःफहराईएको छ । शहीद दिवसको दिन पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधव घिमिरेले उक्त झण्डा फहराएका थिए । झण्डाको डण्डी कमजोर भई धान्न नसकेपछि केहीदिनमा नै निकालिएको उक्त झण्डा सोमबार पुनःफहराईएको हो ।

सहीद दिवसको दिनमा नै झण्डा फहराउनुपर्ने कारणले गर्दा हतार भयो । झण्डाको तौल अनुसारको डण्डी तत्काल पाउन सकिएन । कमजोर डण्डीले नै झण्डा फहराएको वताउँदै समाजका अध्यक्ष नारायणप्रसाद ढुंगानाले डण्डीसँगै रहेको झण्डाको माथिल्लो भाग केही च्यातिएको पनि रहेछ । त्यसलाई पनि परिवर्तन गरिएको बताए ।

अध्यक्ष ढुंगानाले झण्डालाई कतिपय मान्छेहरुले राजनीतिक दलको आवरणमा फहराएको भनि लगाएको आरोपको खण्ड न पनि गरेका छन् । उने भने, ‘हामी कुनै पनि राजनीति दलप्रति आस्थावान छैनौं । दलको उक्साहटमा झण्डा फहराईएको होइन । यो राष्ट्रिय झण्डाले हिमाल, पहाड र तराईमा रहेका सबै नेपालीहरुलाई एकताको शुत्रमा बाधिरहोस् । साथै सकारात्मक परिवर्तनका लागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात/अज्ञात सहिदको सम्झना दिलाइरहनेछ ।’

चन्द्र र सूर्य रहुन्जेल नेपालको अस्तित्व रहिरहोस् । र, यसलाइई बचाइरहनु हाम्रो कर्तव्य हो । मार्इतीघरमा फहराइएको राष्ट्रिय झण्डा हामी सबैको हो । अध्यक्ष ढुङगानाको भनाई छ, यो झण्डाको सम्मान र संरक्षण सबै मिलेर गरौं । बिदेशी आगन्तुकहरुले हाम्रो झण्डालाई स्मरण गरून् र स्वदेशीहरुलाई देशभक्ती भाव जागोस् ।

शहिदहरुको सम्मानमा फहराइएको झण्डाको विशेष महत्व रहेको समाजका सदस्य केदारनाथ नेपाल ‘निश्चल’ले वताए ।

अध्यक्ष ढुंगानाले झण्डा निर्माणदेखि फरफहराउन मद्दत गर्ने राधा खरेल, नवराज गौतम, गुन्जमान वस्नेत, सिकन्दर, पुरन गिरि,  राधिका सापकोटा, गोपाल लम्साल, सरोज श्रेष्ठ,अभय राणा,भोजराज तिमिल्सिना, राजेन्द्र घताने  लगायत सबैलाई सामाजिक सञ्जाल मार्फत् विशेष धन्यवाद पनि दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org