आकर्षक र गुणस्तरीय बन्दै अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेक्स’
काठमाडौँ, ४ फागनु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वर्षअघि स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत गरिने भएको छ ।
गतवर्षको भूकम्पका कारण क्षतिग्रस्त भएका उपकरणका साथै डेक्सलाई गुणस्तरीय र आकर्षक बनाउन विश्व स्वास्थ्य सङ्गठनको रु ३५ लाखको सहयोगमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हेल्थ डेक्सको मर्मत गरी गुणस्तरीय बनाउन लागिएको हो ।
अफ्रिकन देशमा इबोलको महामारी फैलिएपछि बाहिरी मुलुकबाट आएका पर्यटक तथा नेपाली यात्रुबाट रोगको सङ्क्रमण भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य जाँच गर्न सरकारले सो हेल्थ डेक्स स्थापना गरेको थियो ।
मुख्यतयाः रोगग्रस्त मुलुकबाट आएका यात्रीसँगै रोगको सङ्क्रमण देशभित्र भित्रनसक्ने हुनाले विमानस्थललै त्यसको जानकारी लिई सजकता अपनाउनु पनि हेल्थ डेक्सको उद्देश्य हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्स गुणस्तरीय र आकर्षक पनि हुनुपर्छ भनी पुनःनिर्माण गर्न लागिएको बताउनुभयो । १५ दिनभित्र मर्मत कार्य सकिने बताइएको छ ।
निर्देशक आचार्यका अनुसार आगमन स्थलमा राखिएको थर्मल स्क्यानर क्यामरा जडान पनि गतवर्षको भूकम्पले काम नलाग्ने गरी बिग्रिएको छ । उक्त क्यामराको फोकस बाहिरबाट आएका यात्रुको निधारमा परी उसको शरीरको तापक्रम नाप्ने काम गर्छ । सोही तापक्रमको आधारमा बढी तापक्रम भएका व्यक्तिलाई हेल्थ डेक्समा ल्याई परामर्श गरी थप जाँच गरी कुनै रोगको जोखिम भए नभएको पत्ता लगाउने गरिन्छ ।
अब बन्ने हेल्थ डेक्सको स्वरुप नै परिर्वतन हुने निर्देशक आर्चायको भनाइ छ । उहाँले उक्त हेल्थ डेक्स आर्कषक र स्तरीय मात्र नभई त्यहाँबाट दिइने सेवा गुणस्तरीय बनाउन परामर्श दिने, त्यसको तथ्याङ्क राख्न कम्प्युटरको पनि व्यवस्था हुने बताउनुभयो ।
उक्त डेक्समा सिनियर अहेब र हेल्थ असिस्टेन्ट गरी पाँचजना कर्मचारी २४ सै घन्टै सेवामा खटाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले पालैपालो कर्मचारी त्यहाँ परिचालन गर्दै आएको छ । तर निर्देशक आचार्य उक्त डेक्सका लागि छुट्टै दरबन्दी सिर्जना गरी सोही स्थानका लागि नै कर्मचारी राख्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ ।
यस्तै हेल्थ डेक्स सरकारले छिमेकी देशसँग जोडिएका छ । जिल्लामा सिमानामा पनि स्थापना गरेको छ । झापाको काँकडभित्ता चौकी, विराटनगरको रानीभन्सार, रसुवाको रसुवागडी नाका कञ्चनपुरको गड्डाचौकी, भैरहवामा बेलिया नाका, नेपालगन्जको जमुनाहा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ ।
विमानस्थलमा थर्मल स्क्यानर क्यामराको माध्यमबाट बिरामी पत्ता लगाइने भए पनि सिमाका रहेका अन्य ६ हेल्थ डेक्समा भने टाँसिएको सूचनाको आधारमा शङ्कास्पद बिरामी आफँै हेल्थ डेक्सको सम्पर्कमा आएर जाँच तथा परामर्श लिने गरेका छन् ।
उक्त डेक्स सञ्चालन गर्नका लागि सरकारले वर्षको रु तीन लाख बजेट प्रत्येक हेल्थ डेक्सलाई उपलब्ध गराउँदैँ आएको छ ।
सरकारले सात स्थानमा राखिएको हेल्थ डेक्समा अहिलेसम्म १५ हजार ९८१ जनाले स्वास्थ्यबारे परामर्श लिएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाको तथ्याङ्क अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०७२/७३ मा वर्ष १३१ जना र आव २०७३/७४ मा ३२० बिरामीसँग परामर्श गरिएको थियो ।
काकडभिट्टामा रहेको स्वास्थ्य सहायता कक्षमा आर्थिक वर्ष २०७२/७३ मा वर्ष एक हजार आव २०७३/७४ मा तीन सय बिरामीले परामर्श लिएका थिए ।
त्यस्तैगरी भैरहवाको सुनौली नाकामा आव २०७२/७३ मा ४५० र २०७३/७४ मा ८४, नेपालगन्जको जमुनामा आव २०७२/७३ सबैभन्दा १३ हजार यो चालु आवमा तीन महेन्द्रनगरको गड्डाचौकीमा आव २०७२/सात सय ३ र अहिले दुई जनाले मात्र परामर्श लिएका छन् । रसुवागडी र विराटनगर रानी भन्सारको भने तथ्याङ्क नआएको महाशाखाले जनाएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...