ताजा समाचार

गाउँ पर्यटनसम्बन्धी पत्रकारिता पुरस्कार स्थापना

 


पोखरा, ४ फागुन । पोखरा गाउँ पर्यटन प्रवद्र्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवद्र्धनमञ्च नेपाल ‘भिटोफ’’ पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ ।

गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन १५ गते पोखरामा एक समारोहबीच सामुदायिक होमस्टेको विकास र प्रवद्र्धनमा योगदान पु¥याएका स्याङजा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, लमजुङ घलेगाउँका पर्यटन समिति अध्यक्ष प्रेम घले र पर्वत जिल्लाको चित्रे सामुदायिक होमस्टेक अध्यक्ष सुशीलादेवी गुरुङलाई सम्मान गर्न लागिएको भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उहाँहरु तीनै जनालाई ‘एक्सिलेन्ट लिडरसिप अवार्ड’ प्रदान गर्न लागिएको हो । “होमस्टेसहित गाउँको पर्यटन विकासमा कुशलतापूर्वक नेतृत्व गरेबापत उहाँहरुको सम्मान गर्न लागेका हौँ”,– पहारीले भन्नुभयो ।

उक्त कार्यक्रममा नेपालको पहिलो होमस्टे गाउँ सिरुबारीका अभियन्ता एवम् स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको योगदानमाथि चर्चा गरिने अध्यक्ष पहारीले बताउनुभयो ।

उहाँका अनुसार हरेक वर्षको साउनमा भिटोफको वार्षिक साधारण सभाको अवसर पारी पोखरासहित पश्चिमाञ्चल क्षेत्रका दुईजना पत्रकारलाई ‘रुद्रमान स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कारको राशि जनही ११ हजार १११ रुपैयाँ रहने छ ।

रुद्रमानकै अगुवाइमा २०५४ असोजदेखि सिरुबारीमा होमस्टेसहित गाउँ पर्यटन सुरु गरिएको थियो । गुरुङको ८६ वर्षका उमेरमा २०७२ साल फागुन १५ मा निधन भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org