एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्न महायज्ञ
राजविराज, ५ फागुन । एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्ने उद्देश्यले सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरियामा बुधबारदेखि यहाँ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
श्रीमद्भागवत सप्ताह पुराणको पूर्वसन्ध्यामा बुधबार मलेकपुर, खुरहुरिया, छपकी, भथौला, धौनकी, अण्डीपट्टी, बाजितपुर, सिम्राहा सिङ्गियोन लगायतका गाउँबाट सहभागी महिलाले स्थानीय घोडदह नदीमा जल भरेर खुरहुरियाको रामजानकी मन्दिर, जमुनी, खरसाल हुँदै सप्तरी सदरमुकाम राजविराजको विभिन्न वडा परिक्रमा गरी खुरहरियास्थित डिहबार स्थानमा पुगेर भव्य शोभा कलश यात्रा गरी टुङ्गिएको थियो ।
बाल व्यास विदूषि सुश्री सुविना देवीबाट भक्ति सङ्गीतमय कथा एवम् देव लीला झाँकी आजदेखि सो महायज्ञमा प्रदर्शन हुने बताइएको छ । पूजाअर्चना र आरती बिहान ७ देखि ८ बजेसम्म, श्रीमद्भागवत पाठ पारायण बिहान ८ देखि ११ बजेसम्म हुने तथा सङ्गीतमय कथा प्रवचन दिउँसो २ देखि साँझ ६ बजेसम्म, महात्मा भक्ति सङ्गीत साँझ ७ देखि रात्रि ९ बजेसम्म, फागुन ११ गते तिल अर्पण र जागरणसमेत हुने यज्ञ आयोजक समितिले जनाएको छ ।
त्यस्तै, फागुन १२ गते समापन एवम् पूर्णाहुति र मुक्तिनाथको शालिग्रामको दर्शनसमेत गराइने कार्यक्रम रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री यादवको निर्देशन
काठमाडौं । उपत्यकावासीले दशैँको अघि नै मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...