सिधै यौनसम्पर्क गर्दा एचआइभी संक्रमितको संख्या दोब्बर
काठमाडौं । । सरकारले चालु आर्थिक वर्षको भदौदेखि मङ्सिरसम्म गरेको अध्ययनमा एचआइभीको मुख्य जोखिममा रहेका यौनकर्मी महिलाकोे सङ्ख्या दोब्बर वृद्वि भएको देखाएको छ ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा ४४ जिल्लामा तथ्याङ्क सङ्कलन र ३१ जिल्लामा सङ्ख्या आँकलन गरी गरिएको अध्ययनले महिला यौनकर्मी, तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष तथा पुरुषसित यौनकार्यमा संलग्न हुने अन्य पुरुष, सुईद्वारा लागुपदार्थ लिने व्यक्ति, आप्रवासी कामदार र उनीहरुका यौनसाथीको तथ्याङ्क सङ्कलन गरिएको थियो ।
तथ्याङ्कअनुसार महिला यौनकर्मी न्यूनतम ४३ हजार आठसय २९ र अधिकतम ५४ हजार एकसय ९७ रहेको देखिएको छ । यो सङ्ख्या सन् २०१० मा सङ्कलन गरिएको तथ्याङकभन्दा करिब दोब्बर हो । ७ वर्षअघि यो सङख्या न्यूनतम २४ हजार ६ सय ४९ र अधिकतम २८ हजार तीनसय ५९ रहेको थियो ।
त्यसैगरी, तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष तथा पुरुषसित यौनकार्यमा संलग्न हुने अन्य पुरुषको सङ्ख्या न्यूनतम ८७ हजार आठसय २६ देखि अधिकतम एकलाख ११ हजार आठसय ५२ रहेको तथ्याङ्कले देखाएको छ ।
सुईद्वारा लागुपदार्थ लिने व्यक्तिको सङ्ख्या भने न्यूनतम २७ हजार दुईसय २६ र अधिकतम ३४ हजार तीनसय ७५ रहेको छ । यो सङ्ख्याले नेपालमा अझै पनि एचआइभीको जोखिम बढाइरहेको देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेलले यस अध्ययनको मुख्य उद्देश्य एचआइभीको मुख्य जोखिममा रहेका समूहका बारेमा अनुमानित आँकलन गर्नु रहेको बताउनुभयो । यो तथ्याङ्कले एचआइभी/एड्सको सङ्क्रमण नियन्त्रणका लागि नीति, नियम, रणनीति तयार पार्न तथा कार्यक्रम तर्जुमाका लागि यो अध्ययन महत्वपूर्ण भएको बताउनुभयो ।
लागुपदार्थ प्रयोगकर्ताका लागि काम गर्दै आएको रिकभरिङ नेपालका राष्ट्रिय अध्यक्ष विष्णु फँुयाल शर्माले यो तथ्याङ्क वैज्ञानिक नभएको र सरकारले हचुवाका भरमा तथ्याङ्क आएको टिप्पणी गर्नुभयो । सन् २०१० को भन्दा अहिलेको तथ्याङ्क निकै अपत्यारिलो भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अघिल्लो अध्ययनमा सुईबाट लागुपदार्थ लिनेको सङ्ख्या करिब ५४ हजार थियो, अहिलेकोमा बढीमा ३४ हजार देखिएको छ । यसले त्यो बीचका व्यक्ति कहाँ गए वा उनीहरुको बारेमा केही उल्लेख गरेको छैन । त्यसैले यो दाताको कार्यक्रम भएकाले कार्यक्रम निरन्तरता दिनलाई मात्र हचुवाका भरमा तथ्याङ्क देखाइएको छ ।’’
यस सम्बन्धमा सरोकारवाला मनिषा ढकालले तथ्याङ्क सतहीरुपमा मात्र देखिएको बताउनुभयो । उहाँले सरकारले दिएका सङ्ख्या कुनैको अघिल्लोभन्दा निकै धेरै र कुनै समूहको निकै थोरै देखाएको छ तर के कारण घटे वा बढे भन्ने विषय स्पष्ट नपारेको बताउनुभयो ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका तथ्याङ्क अधिकृत वीरबहादुर रावलले तथ्याङकमा आएका असन्तुष्टिबारे तथ्याङक पुनः विश्लेषण गरिने बताउनुभयो । यो तथ्याङ्क मापन कार्यक्रम सेभ द चिल्डे«न, ग्लोबल फ्रन्ट सम्बन्धित राष्ट्रिय सञ्जाल र इन्टरपिड नेपालको सहयोगमा सम्पन्न भएको थियो ।
Comments
अरु समाचार
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री यादवको निर्देशन
काठमाडौं । उपत्यकावासीले दशैँको अघि नै मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...