ताजा समाचार

वाचा तोड्दै प्रधानमन्त्री दाहाल करोडौं खर्चेर महोत्सव उद्घाटनमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल महोत्सव उद्घाटनका लागि आज रोल्पा र नवलपरासीतर्फ लागेका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट रोल्पा जाने प्रधानमन्त्री दाहाल त्यसपछि नवलपरासीको कार्यक्रममा सहभागी हुने र दाहालले मध्यान्न १२ बजे रोल्पा महोत्सवको उदघाटन निजी सचिवालयले जनाएको छ ।

रोल्पामा प्रधानमन्त्री दाहालले स्थानीय निकाय कर्मचारीसंग विकासनिर्माणबारे अन्तरक्रिया समेत गर्नेछन् ।

रोल्पाबाट फर्किएपछि उनले देवघाट महोत्सव उद्घाटनका लागि नवलपरासी आउने कार्यक्रम छ । काठमाडौंमा आज सुरु हुने राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम भएकाले अपरान्ह ४ बजे उनी राजधानी आइपुग्नेछन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रको उद्घाटनमा नजाने प्रतिबद्धता जनाएको थिए । तर, नौ महिने प्यादी सरकारको उपमा पाएका दाहाल नौ महिना सकिनै लाग्दा उपत्यका तथा उपत्यका वाहिरको सार्वजनिक कार्यक्रममा, करोडौं रुपैयाँ राज्यको ढुकुटी दोहन गर्दै हेलीकोप्टर चढेर जान थालेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org