ताजा समाचार

भैरहवामा वृहत ‘नेपाल फोटो प्रर्दशनी’ सुरु [फोटोफिचरसहित]

भैरहवा । नेपाल फोटो प्रदर्शनी यात्रा ’ भैरहवामा बिहीबारबाट सुरु भएको छ । फोटो पत्रकार क्लब ‘पिजे क्लब’ले आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ तस्बिरहरुको प्रदर्शनी भैरहवामा सुरु गरेको हो ।

भैरहवामा जारी राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक ब्यापार मेला स्थलमा फोटो पत्रकार क्लब, नेपाल काठमान्डौको आयोजना एबं सिद्धार्थ होटल एशोसियसन ‘सान’ र रुपन्देही क्रिकेट संघको सहयोगमा सुरु भएको फोटो प्रर्दशनी आईतबार सम्म चार दिन चल्नेछ ।

फोटो प्रदर्शनीमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभेन्चर फोटो स्टोरी गरी सात विधाका उकृष्ट १२० फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष बिकाश कार्किले बताए ।

प्रदर्शनीमा रहेका फोटोहरु आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा करिब १ हजार जना फोटो पत्रकार तथा स्वतन्त्र फोटो ग्राफर प्राप्त करिब ८ हजार तस्बिरहरुबाट छानिएका उत्कृष्ट १२० वटा फोटोहरु समाबेश छन् ।
फोटोपत्रकारले गरेको यस्तो किसिमको प्रर्दशनीले समाजमा रहेका बिभिन्न बिषयलाई क्यामेरामा कैद गर्दै जनमानसमा ल्याउने भएकाले यसको बिशेष महत्व रहने स्थानिय आयोजक तथा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ९सिपी०ले बताए । श्रेष्ठले फोटो प्रदर्शनी उत्कृष्ट र जिबन्त रहेको जनाए ।

फोटोपत्रकार क्लबले सुरु गरेको प्रदर्शनीले नेपाल र नेपालकको पर्यटकीय गतन्बका बारे चिनाउन निकै उपयोगी हुने बताउदै सबैले एक पटक हेनै पर्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जनाए । भुकम्प जस्तो दुखत घटनाका जिबन्त तस्बिर हरु प्रदर्शनीमा रहेको र यस्ले दर्शकको मन छोएको मल्लले बताए ।

यस्तै किसिमको फोटो प्रर्दशनी यसअघि काठमाण्डौ र एक साता अघि चितवनको सौराहमासम्पन्न भैसकेको छ भने यस पछी नेपालगंज, धनगढी, विराटनगर र पोखरामा प्रर्दशनी गरिने हुदैछ । देशको राजनैतिक, आर्थिक , सामाजिक, पर्यटन तथा अन्य क्षेत्रको तस्वीरहरु समेटिएकाले नेपालको बारेमा बुझ्न फोटो प्रर्दशनी फलदायी हुने अपेक्षा गरेको क्लबलका प्रबक्ता एबं उपाध्यक्ष दीपक गाँउलेले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org