शिक्षकहरु पार्टीको कार्यक्रममा गएपछि विद्यालयमा तालाबन्दी
सुर्खेत । प्रस्तावित चिङ्गाड गाउँपालिकाको ढाडखेतमा विहीबार पूर्व गृहमन्त्रीले स्ट्रेचर वितरण गरे । सांसद विकासको रकमबाट उनले स्ट्रेचर वितरण गरेका हुन् । उक्त गाउँपालिका अन्तर्गतका पाम्का, रजेना, रानिबास, मटेला र अवलचिङका स्वास्थ्यस्वयम सेविकाहरुलाई स्टेचर वितरण गर्न आयोजना गरिएको कार्यक्रम नेपाली काँग्रेसका झण्डा र बाजागाजासहति सुरु भयो ।
त्यसै दिन मटेला ५ मा रहेको बाँजीकुटीमा नियमित खोप कार्यक्रम थियो । तर, विहीबार खोप कार्यक्रम नै रोकियो । स्वास्थ्यकर्मीहरु र स्वयमसेविकाहरुलाई कार्यक्रममा जान उर्दि गरेपछि नियमित खोप कार्यक्रम नै रोकिएको भन्दै स्थानीयले आपत्ती जनाएकाछन् । मटेलाको स्वास्थ्य चौकीबाट नै नियमित खोप रोकेर कार्यक्रममा जान उर्दि गरिएको स्थानीयले जनाएकाछन् । खोप कार्यक्रम बन्द भएपछि त्यहाँका बालबालिकाहरु खोपबाट बञ्चित भएकाछन् ।
साथै उक्त कार्यक्रममा सहभागी नभएको भन्दै शुक्रबार केही स्वयमसेविकाहरुलाई स्वाथ्इ चौकीमा प्रवेश गर्न नदिएको गुनासो स्थानीयले गरेकाछन् । स्थानीय एक स्वास्थ्य स्वयम सेविकाले आफूहरुलाई कार्यक्रममा नगएको भन्दै कार्यालयमै जान नदिएको बताइन् । कार्यालय भित्र गएका केही स्वयमसेविकालाई समेत बाहिर निकालिएको स्थानीयले बताएकाछन् । ‘‘हिजो रोक्नै नहुने नियमित खोप कार्यक्रम रोकियो,’ स्थानीय एक जानले भने–‘आज हिजोको कार्यक्रममा नगएको भन्दै केही स्वयमसेविकाहरुलाई स्वास्थ्य चौकी मै प्रवेश गर्न दिइएन, भित्र गएकालाई निकालियो ।’’
यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख बसन्त अधिकारीले नियमित खोप रोक्न नहुने भन्दै त्यस्तो भएको भए बुझ्ने बताए । साथै कार्यक्रममा नगएको भरमा स्वयमसेविकालाई पनि कार्यालयमा प्रवेश गर्न नदिने काम गर्न नहुने भन्दै उनले यसबारमा जानकारी आइनसेको भन्दै बुझ्ने बताए । ‘‘नियमित खोप कार्यक्रम रोक्न हुँदैन’ उनले भने–‘नियमित खोप कार्यक्रमलाई रोकेर कार्यक्रममा गएको भए राम्रो होइन, यहाँ जानकारी आएको छै, बुझ्छौ ।’’ नियमित खोप तोकिएको मितिमा अर्थात २८ दिनको फरमा संचालन गरिएन भने त्यसको प्रभावकारिता हुँदैन ।
यता त्यहाँको स्वास्थ्य व्यवस्थापन समितिका सदस्य दिपबहादुर जिसीले खोप कार्यक्रम प्रभावित भएको र स्वयम सेविकालाई कार्यक्रममा सहभागी नभएको भन्दै कार्यालयमा प्रवेश गर्न नदिएको विषयमा बैठकमा छलफल गर्ने बताएका छन् ।
यस्तै सोही दिनको कार्यक्रममा भैरव माध्यामिक विद्यालयका शिक्षकहरुले विद्यालयमा पढाउन छोडेर कार्यक्रममा गएपछि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेकाछन् । पढाईलाई प्रभावित बनाएर कार्यक्रममा गएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
यस अघि पनि स्टे«चरमा नेपाली काँग्रेसको निन्ह राखेपछि विवाद भएको थियो । स्वास्थ्यचौकीका घनबहादुर बुढाको ९७४८०४०४४९ को मोवाइल नम्बरमा भने यस विषयमा बुझ्दा सम्पर्क हुन सकेन ।
Comments
अरु समाचार
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...
-
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।...
-
आजको राशिफल: २०८१ जेठ ७ गते सोमवार
मेष: दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारमा...
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...