द्वन्द्वकालमा क्षतिग्रस्त भएका प्रहरी चौकी पुनःनिर्माण हुँदै
‘भच्चेक गोरखा, ८ फागुन । दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनःनिर्माण भएका छन् ।
नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयले पठाएको बजेटले पहिलो चरणमा इलाका प्रहरी कार्यालय आरुघाट, दोस्रो चरणमा इलाका प्रहरी कार्यालय जौवारी र तेस्रो चरणमा प्रहरी चौकी ताङ्लीचोकका भवन पुनःनिर्माण गरिएका हुन् ।
इप्रका आरुघाट र इप्रका जौवारीका भवन यसअघि नै निर्माण सम्पन्न भई प्रयोगमा छन् भने प्रहरी चौकी ताङ्लीचोक, भच्चेक र गाँखु नयाँ साँघुको शनिबार उद्घाटन गरिएको छ । रु ९३ लाख ३४ हजारको लगानीमा निर्माण भएको हंशपुरस्थित प्रहरी चौकी भच्चेकको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले उद्घाटन गर्नुभएको हो । कार्यालय, महिला÷पुरुष थुनुवा कक्ष, भान्सा घर, आवासलगायत भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन निर्माण भएको छ ।
रु एक करोड २५ लाखको लगानीमा निर्माण सम्पन्न भएको प्रहरी चौकी ताङ्लीचोकको भवन पनि प्रनाम बमले उद्घाटन गर्नुभएको छ । रु दश लाखको लगानीमा निर्माण भएको प्रहरी चौकी भवन गाँखु नयाँ साँघुको पनि प्रनाम बमले उद्घाटन गर्नुभयो । प्रहरी प्रधान कार्यालयबाट नियमित कार्यक्रमतर्फ प्राप्त भएको बजेटले भवन निर्माण गरिएको हो । भवन निर्माण भएपछि हातहतियार सुरक्षित राख्न र डियुटी गर्न सहज भएको प्रहरी जवानले जनाएका छन् । स्थानीयवासीको सहयोगमा रु पाँच लाख लगानीमा निर्माणाधीन गाँखु प्रहरी चौकी भवन भत्केपछि प्रहरी डेढ वर्षदेखि त्रिपाल, टेण्टमा कष्टकर तवरले बस्दै आएका थिए ।
प्रहरी चौकीको नाउँमा जग्गा नहुँदा केहि स्थानमा भवन निर्माण प्रक्रिया अघि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो ।
प्रहरी चौकी गाँखु भवन निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका स्थानीयवासी बाबुराम बोगटीले दरबन्दी अनुसार प्रहरी नहुँदा एकै समयमा भिन्नभिन्न ठाउँमा घटना घट्दा तत्काल प्रहरी जान सक्ने अवस्था नरहेको बताउनुभयो । चौकीमा रहने गरी कम्तीमा मोटरसाइकल उपलब्ध गराउन उहाँको आग्रह छ । रासस
Comments
अरु समाचार
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...
-
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।...
-
आजको राशिफल: २०८१ जेठ ७ गते सोमवार
मेष: दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारमा...
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...