ताजा समाचार

यातायातका सहचालकलाई धारिलो हतियार प्रयोग गरी कुटपिट

सुर्खेत, फागुन ८ । केही दिन अघि नेपाली काँग्रेसले नेतृृत्व गरिरहेको मध्य पश्चिम यातायात व्यवसायी समितिका कर्मचारीहरुले देउती नागरिक यातायात समितिका एक जना सहचालकलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेका छन् ।
कमल खड्का अध्यक्ष भएको देउती नागरिक समितिका सहचालकलाई कुटपट गरेपछि केही यातायात समितिले संयुक्त रुपमा विज्ञप्ति निकाली मप यातायातलाई कडा रुपमा चेतावनी दिदै कार्वाहीको माग गरेका थिए ।
मप यातायात व्यवसायिसंघबाट आफूहरु असुरक्षित भएको उल्लेख गर्दै उनीहरुले खुला अर्थतन्त्रमा व्यवसायि संचालन गर्नबाट बञ्चित गर्ने गरी आफूहरुमाथि आक्रमण हुनु असैह्य भएको बताएका थिए ।
साथै यातायात क्षेत्रमा सिण्डिकेट आफूहरुलाई स्वीकार्य हुन नसक्ने भन्दै उनीहरुले कार्वाही नभएको खण्डमा सिर्जना हुन सक्ने अवस्थाको सामना गर्न तयार हुनुपर्ने भन्द्यै विज्ञप्ति निकालेका थिए । विज्ञप्ति निकालेको एक दिन नवित्दै नेपाली काँग्रेसमा आस्था राख्ने व्यवसायिहरुको ठुलो टिम नेकपा एमालेमा प्रवेश गरेको छ । पहिले पम यातायतमै रहेका कमल खड्का जुनीको नेतृत्वमा ठूलै टिम शनिबार एमालेमा प्रवेश गरेको हो ।

यसको मुख्य कारण भनेको मप यातायातको दादागिरी रहेको बुझिएको छ । पहिले पनि खड्कालाई मप यातायातमा स्थान नदिएको र अहिले नयाँ यातायात समिति खोल्दा पनि प्रतिस्पर्धाबाट बञ्चित गर्न खोजेपछि खड्काको नेतृत्वमा ठूलो टिमले एमालेमा औपचारिक रुपमा प्रवेश गरेको छ ।

सुर्खेतका विभिन्न यातायात समितिहरुले  मध्यपश्चिम यातायात व्यवसायि संघले सिण्डिकेट लगाएको भन्दै कडा कदम चाल्ने चेतावनी दिएकाछन् । संयुक्त विज्ञप्ति निकाली मप यातायात व्यवसायिसंघबाट आफूहरु असुरक्षित भएको उल्लेख गर्दै उनीहरुले खुला अर्थतन्त्रमा व्यवसायि संचालन गर्नबाट बञ्चित गर्ने गरी आफूहरुमाथि आक्रमण हुनु असैह्य भएको बताएकाछन् । नेकपा एमालेले २ सय ५० भन्दा बढीले एमालेमा प्रवेश गरेको दावी गरेको छ । दादागिरी नचल्ने भन्दै व्यवसायिहरुको ठूलो टिम एमालेमा प्रवेश गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org