ताजा समाचार

बिपी राजमार्ग भासिएपछि यात्रुहरुको बिचल्ली

काठमाडौं । बिपी राजमार्गको सिन्धुली खण्डमा पर्ने त्रिवेणीमा सडक भासिएको छ ।
आइतबार राति पहिरो खसेपछि सडक भासिएको हो । प्रहरीका अनुसार
सडक भासिएसँगै सिन्धुली–बर्दिबास हुँदै चल्ने गाडी चल्न पाएका छैनन् भने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।  पहिरोका कारण खोटाङ्ग, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर तथा तराईका जिल्लाहरुमा जाने गाडीहरु रोकिँदा यात्रुहरु अलपत्र परेका हुन् । सडक करिव ३० फिट भासिएको छ । सडक भासिएको खण्डमा तत्काल मर्मत गर्न सम्भव नभएको प्रहरीले जनाएको छ । भासिएको खण्डको तल्लो भागमा सुनकोशी नदी रहेकोले तत्काल मर्मत गर्न समस्या भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org