ताजा समाचार

यी हुँदैछन् राजदूत

 

काठमाडौं । सरकारले सम्भवतः आज १३ देशमा रिक्त राजदूत सिफारिस गर्दैछ । लामो समयदेखि रिक्त रहेका कतार, साउदी अरब, जापान, डेनमार्क, अष्ट्रेलिया, इजरायल, बहराइन, दक्षिण कोरिया, श्रीलंका, बंगलादेश, म्यान्मार र ओमानमा राजदूत रिक्त छन् ।

नेकपा माओवादी केन्द्रले युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्रवहादुर सिंह र पदम सुन्दासलाई सिफारिस गर्ने तयारी गरेको छ भने राप्रपाले निरन्जन थापा र खगेन्द्र बस्नेतलाई सिफारिस गर्दैछ । राप्रपाबाट प्रतिभा राणा पनि राजदूत बन्ने चर्चा छ ।

कांग्रेसबाट राजदूतका लागि शम्भुराम सिम्खडा, दिव्यमणी राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, जगदिशचन्द्र पोखरेल, दिनेश भट्टराई, यज्ञ अधिकारी र महादेव यादवको नाम चर्चामा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org