ताजा समाचार

निर्वाचन तयारीः सुरक्षा निकायका प्रमुखको बैठक बस्दै

काठमाडौं । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचनको तयारीमा गृहमन्त्रालय जुटेको छ । आज नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान बिभागका प्रमुखसँग गृहमन्त्रालयमा बैठक बस्दैछ । गृहका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सरकारले निर्वाचनको मिति घोषणा गरेपछि त्यसको तयारीमा मन्त्रालय जुटेको हो । उनले तोकिएकै मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन गर्ने दावी पनि गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org