ताजा समाचार

मालपोतका कर्मचारीबाट अढाई करोड भ्रष्टाचार,८० कर्मचारी कारवाहीमा

काठमाडौं । काठमाडौंको मनमैजु मालपोत कार्यालयबाहेकका कार्यालयका कर्मचारीले पूँजीगत लाभकरको करिव २ करोड ५० लाख रुपैयाँ राजश्वमा भ्रष्टचार गरेको खुल्न आएको छ ।
भूमिसुधार बिभागले निर्देशकहरुको संयोजकत्वमा ५ वटा टोली बनाएर छानविन गर्दा यस्तो तथ्य बाहिर आएको हो । ३० लाख भन्दा बढीको जग्गा खरिद बिक्रीमा लाभकर लाग्छ । कर्मचारीहरुले जग्गा प्लटिङ गर्नेहरुसँग मिलेमतो गर्दै त्यो भन्दा कम मूल्यमा किनबेच भएको कागजात बनाएर राजश्व हिनामिना गरेको बिभाग स्रोतको भनाइ छ ।
प्लटिङ गर्नेहरुले प्लटिङ गर्दा लागत बढी देखाउने तर त्यसको विल पनि पेश गर्दैनन् । कर्मचारीहरुको मिलेमतोका कारण ठूलो रकम राजश्वमा भ्रष्टचार भएपछि दोषी देखिएका कर्मचारीमाथि कारवाहीको तयारी बिभागले गर्ने भएको छ । ‘हामी छानविन कै क्रममा छौं, दोषी देखिए कारवाही हुन्छ ।’ बिभागका एक उच्च अधिकारीले भने ।
मालपोत कार्यालयमा ३ वर्ष समय बसेका सबै कर्मचारीको सरुवाको तयारी पनि बिभागले गरिरहेको स्रोतको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org