ताजा समाचार

प्रहरी महानिरीक्षक विवादः मंगलबारलाई स¥यो सुनुवाई

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ मंगलबार पनि हुने भएको छ । गत बुधबार सुरु भएको सुनुवाई आज (बिहीबार) पनि नसकिएपछि सुनुवाई सरेको हो ।
आफू वरियतामा अगाडि रहेको र आफू नै आइजीपी हुनु पर्ने दावी गर्दै डिआइजी नवराज सिलवालले हालेको रिटको पक्षमा वकीलहरु बाबुराम कुँवर, मेघराज पोखरेल लगायतले बहस गरे भने सरकारका तर्फबाट महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठ, दुर्गाबन्धु पोखरेल, खगराज पौडेल, रेवती त्रिपाठीले बहस गरे ।
अधिवक्ता कपिलदेव ढकालले गत माघ २८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेत ५ र शेरबहादुर देउवासहित ४ जनाको नाममा सर्वोच्चमा रिट हालेका थिए। त्यसपछि फागुन १ गते डिआइजी सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ३ जनाविरुद्ध अदालतमा रिट दायर गरेका थिए।
यो मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा छ र निरन्तरको बहसपछि फैसला हुने सर्वाेच्चले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org