गाउँपालिकाको केन्द्र माग गर्दै बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दी, १९ फागुन । म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै स्थानीय आन्दोलित बनेका छन् ।
स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले ठूलो जनसङ्ख्यालाई सास्ती हुने गरी रघुगङ्गा गाउँपालिकाको केन्द्र अस्थायी रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् । रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिले आज सडकमा चक्काजाम, बेनीमा दबाबमूलक प्रदर्शनलगायतका दबाबमूलक आन्दोलन थालेका छन् ।
उनीहरुले गाउँपालिकामा समेटिएको पिप्ले गलेश्वरमा सवारी साधन आगमनमा रोक लगाउँदा बेनी–जोमसोम सडकखण्डका सवारी साधन आवतजावत गर्न सकेका छैनन् । उनीहरुले पिप्लेतर्फको गलेश्वरस्थित रघुगङ्गा खोलाको पुलमा धर्नासहित अनिश्चितकालीन यातायात बन्द गराएका छन् । व्यावहारिक रुपमा गाउँपालिकाको केन्द्र तोक्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय र जिविसमा समेत तालाबन्दी गरिएको सङ्घर्ष समितिका बालकृष्ण सुवेदीले बताउनुभयो ।
पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसका प्रतिनिधिहरु सम्मिलित टोलीले गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै विरोधस्वरुप बुधवार दुई कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरुले निर्वाचन कार्यालय र जिविसमा तालाबन्दीपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई समेत आफ्नो आन्दोलनका कार्यक्रमबारे ध्यानकर्षण गराएका छन् ।
सरोकार समितिले उठाएको आन्दोलनमा जिल्लामा क्रियाशील राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेताहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।
गाउँपालिकामा समावेश भएका गाविसको प्रशासनिक सुगमता र भौगोलिक बनावटका साथै बस्ती विस्तारको सम्भावनाले मौवाफाँटलाई केन्द्र बनाउन पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि चरणबद्ध सङ्घर्षका कार्यक्रमसहित आन्दोलनमा उत्रिनुपरेको सङ्घर्ष समितिका विनोद केसीले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...