ताजा समाचार

काँग्रेस फुट्यो भन्ने गलत समाचारको यस्तो छ वास्तविकता

काठमाडौं । बहुसंख्यक मिडिया र सामाजिक सञ्जालमा बुधबार  नेपाली काँग्रेस पुट्यो भनेर समाचारहरु आयो । आखिर के हो त शत्यतथ्य ? आम नेपालीहरुलाई जिज्ञासा होला, आखिर नेपाली काँग्रेस फुटेकै हो त ?

नेपाली काँग्रेस ७० बर्ष पुरानो ऐतिहासिक पार्टी हो । अन्तर्राष्ट्रिय समुदायले पत्याएको सबैभन्दा जेठो मुलुकको लोकतान्त्रीक पार्टी हो । रामबाबु प्रसाई, पीएल सिंह, प्रकाश कोइराला, देवेन्द्र नेपालीको हस्तारक्षरसहत एक विज्ञप्ति मार्फत नयाँ राष्ट्रबादी काँग्रेस गठन गरेको समाचार सत्य नै हो । काँग्रेसकै नेताहरुले अर्को पार्टी पुटाएको सत्य होईन ।

पार्टी फुटेको भनेको पहिले गिरिजाप्रसाद कोइराला र शेरबाहादुर देउवाको कुरा नमिलेर वर्तमान सभापति शेरबाहादुर देउवाले नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । त्यसलाई भने पार्टी फुटेको भनिन्छ ।

बीपी कोइरालाका जेठा छोरा प्रकाश कोइराला झण्डै १२ बर्षदेखि नै नेपाली काँग्रेसमा छैनन् । उनलाई तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले कारबाही गरेका थिए ।

प्रकाश कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्रसंगको बिषयमा कुरा नमिलेर कारबाही गरेका थिए । त्यसपछि उनका छोरा सिद्धार्थ कोईराला काँग्रेस राजनीतिमा सकृय भएपनि पीता प्रकास निश्कृय छन् ।

लामो समयदेखि पार्टीमा नै नभएको मानछेलाई जोडेर पार्टी फुट्यो भन्नु ठीक होइन । काँग्रेस छाडेर कार्यकर्ताहरुले अरु पार्टी खोले भन्न भने मिल्ला । जस्तै बिजय गच्छेदार, महन्थ ठाकुर, जेपी गुप्ताहरु पनि त काँग्रेस छाडेर गएका नै हुन् नि, त्यसबेला कसैले काँग्रेस फुट्यो भन्यो त ? प्रकाश कोइराला राजा ज्ञानेन्द्रका पालामा मन्त्री थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org