ताजा समाचार

नेपाली सेनाका ७ प्रितना बन्दैः ८ जना जर्नेल थपिँदै

 

काठमाडौं । देश संघीयतामा जाने प्रकृया सुरु भइरहेको समयमा नेपाली सेनाको १ प्रितना थपिने भएको छ । हाल ५ विकास क्षेत्रमा १/१ र उपत्यकामा १ समेत ६ प्रितना छन् । अब प्रत्येक प्रदेशमा १/१ प्रितना स्थापना गर्न सेनाले सरकारसँग माग गरेपछि त्यो छिट्टै पूरा हुने भएको हो । सैनिक स्रोतका अनुसार १ प्रितना थप भएसँगै उपरथी (दुई तारे जर्नेल) ३ र सहायक रथी ( एक तारे जर्नेल) ७ जनाको दरबन्दी पनि थप गर्ने तयारी छ ।
स्रोतका अनुसार उपरथी २, सहायक रथी ४ थपिने भएको हो भने प्राविधिक तर्फ उपरथी १ र सहायक रथी २ जनाको दरबन्दी थप्ने तयारी छ । सेनाको कानुन बिभागमा एक सहायक रथी थप गर्न सैनिक मुख्यालयले सरकारसँग माग गरेको र त्यसलाई पूरा गर्न सरकार तयार रहेको स्रोतहरुको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org