ताजा समाचार

महान्यायाधिवक्ता श्रेष्ठले हुल्याहा प्रवृत्ति देखाएको अध्यक्ष ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले हुल्याहा प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

एमालेको मेची महाकाली राष्ट्रिय अभियानका सहयोगीहरुलाई सम्मान गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सो आरोप लगाएका हुन् । 

सरकारी पदमा बसेका मान्छे बहसमा जाँदा झन्डा लिएर जाने, यो कार्यशैली, गतिविधि पार्टीका हुल्याहा कार्यकर्ताका जस्तो देखिएको बताउँदै अध्यक्ष ओलीले सरकारी वा जिम्मेवार पदमा बसेका मान्छेको उच्च आचरण हुने बताए । उनले भने, ‘अब यस्ता मान्छेले देश चलाउँदा, देश कस्तो होला ?’ न्यायाधीशको बेन्चमा मुद्दा नपर्दा इजलाश बहिष्कार गर्ने कस्ता महान्यायाधिवक्ता ?’

महान्यायाधिवक्ता श्रेष्ठसहितका कानुन व्यवसायीहरुले अन्तरिम आदेश दिने न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, हरिकृष्ण कार्कीलाई नै अन्तिम सुनुवाइका लागि गठन भएको बेञ्चमा सहभागी गराएर स्वत्नत्र न्याय दिन नसकिने भन्दै नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दाको बेच्च बहिष्कार गरेका थिए ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले संविधान कार्यान्वयन र निर्वाचनका सन्दर्भमा आफ्नो पार्टीले चलाएको मेची–महाकाली अभियानका क्रममा मधेसमा द्वन्द्व निम्त्याउन खोजिएको टिप्पणी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org