ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड चीन जाँदै, चीनका रक्षामन्त्री नेपाल आउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन जाँदैछन् । उनी चीन जानुसँगै चीनका रक्षा याँ रक्षामन्त्री चाङ वाङकान आज नेपाल आउँदै छन् । वाङकान तीन दिवसीय भ्रमणका लागि नेपाल आउने भएका हुन् । आज दिउँसो १२.४५ मा नेपाल आइपुग्ने उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रचण्ड चीन जाने छन् ।

चीनका रक्षामन्त्री छिमेकी श्रीलंकाको भ्रमण पूरा गरेर नेपाल हुँदै चीनको राजधानी बेइजिङ जानेछन् । उनले नेपालका रक्षामन्त्री बालकृष्ण खाणसँग पनि भेटवार्ता गर्ने छन् । दुई देशका रक्षामन्त्रीबीच सेनाको सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने स्रोतहरुको भनाइ छ ।

चिनियाँ रक्षामन्त्रीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org