ताजा समाचार

संविधान संशोधन प्रक्रिया एक साताका लागि स्थगित

काठमाडौं । संविधान संशोधन प्रक्रिया एक साताका लागि स्थगित भएको छ। प्रधानमन्त्रमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहिबार साताव्यापी भ्रमणका लागि चीन गएपछि र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दिल्लीमा रहेकाले संविधान संशोधनका लागि दलहरुले अझै एक साताभन्दा बढी लम्बिने भएको हो ।

सत्तारूढ गठबन्धन र मधेसी मोर्चाले बनाएको संयुक्त कार्यदलले संविधान संशोधनका सवालमा लगभग सहमति जुटाएको छ। अति विवादित सीमांकनको विषय पछि बन्ने संघीय आयोगलाई जिम्मा दिने गरी छाड्न र बाँकी तीन वटा विषयमा मोटामोटी सहमति भएको कार्यदल जनाएको छ।

भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय तत्काल संशोधन गरी स्थानीय निर्वाचनमा जाने सहमति कार्यदलभित्र जुटेको हो। यसरी जुटाएको सहमतिमा कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि जानकारी गराउँदै उसँग पनि सहमतिको प्रयास खोजेको छ।

सत्तारुढ दलका नेताहरुसँगको छलफलमा एमालेले विगतको अडानबाट पछि हट्दै संविधानको कार्यान्वयनका लागि वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्ने सरकारको प्रतिबद्धता बमोजिम पहिले मोर्चासँग ठोस प्रस्ताव लिएर आउन भनिसकेसको छ।

कांग्रेस, माओवादी र राप्रपाका नेताहरुले अघि सारेको प्रस्ताव बमोजिम सहमतिमा आएर निर्वाचनमा जान मोर्चा सहमत भए एमाले सहमतिमा आउने बताइसकेको छ।

बुधबार बिहान प्रधानमन्त्री दाहालले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग कुराकानी गरेका थिए। प्रधानमन्त्री दाहालको भ्रमणकै कारण सभामुख ओनसरी घर्तीमगरले संसदको बैठक बुधबारदेखि चैत १७ गतेसम्मका लागि स्थगित गरेकी छन्। दाहालको स्वदेश फिर्ता पश्चात मात्रै दलहरुबीच ठोस सहमति गरी त्यसपछि मात्रै संशोधनको प्रस्ताव सदनमा प्रक्रियाका लागि अघि सारिनेछ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org