ताजा समाचार

केरुङ–काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न प्रचण्डको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् । चीन–काठमाडौं थप हवाई सेवा बिस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न उनले सुझाव दिए ।

बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्र उद्घाटन गर्दै प्रचण्डले भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो रहेको बताए ।

भूकम्पपछि अवरुद्ध तातापानी नाका पुनः सञ्चालन गर्न चिनियाँ नेतृत्वलाई आग्रह गरेका प्रचण्डले चिनियाँ व्यवसायीहरुलाई नेपालको जलस्रोत र पूर्वाधारका क्षेत्रमा लगानी गर्न आह्वान गरे । विशेष गरी सौर्य, वायो र हाइड्रो इनर्जीमा चिनियाँ लगानीको आफूले अपेक्षा गरेको प्रधानमन्त्री प्रचण्डले बताए । चीन भ्रमण सकेर प्रचण्ड नेतृत्वको टोली १६ गते स्वदेश फर्किने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org