ताजा समाचार

चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बेइजिङमा भेटवार्ता भएको छ ।   बोआओ फोरममा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीको राष्ट्रपति सि चिनफिङस‌ंग भेटवार्ता ३० मिनेटको हुनेछ । प्रधानमन्त्री निस्के लगत्तै चेन्दूको लागि प्रस्थान गर्ने कार्यक्रम छ । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गर्ने बताइएको छभने चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा गरेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org