एसईई दिएका कृष्ण भन्छन् : ‘नतिजा आउँदासम्म बाच्छु कि बाँच्दिन !’
पर्वत । दुवै मिर्गाैला फेल भएपछि उपचारको क्रममै माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा सकेर कुस्माबाट फर्कँदै गरेका तिलाहार–७ रातमाटाका १९ वर्षीय कृष्णबहादुर लामिछानेले दुःखका साथ भन्दै थिए– “रिजल्ट आउँदा म केही हुन्छु कि ?”
आर्थिक अभावले उपचार गर्न नसक्दा परीक्षाको नतिजा सुन्न नपाइ मर्छु कि भन्ने चिन्ता बढेको उनले बताए ।
स्थानीय नवजागृत माविबाट एसइइ परीक्षा दिनका लागि सदरमुकाम कुस्मा आएका लामिछाने घर फर्किने तयारी गरिरहेका बेला आँशु झार्दै भने– “मिर्गौला ठीक बनाएर कलेज पढ्ने धोको छ ।”
परिवारका एकमात्र सन्तान कृष्ण बहादुरका बाबु मनबहादुर लामिछाने दैनिक मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका छन् । जग्गाको नाममा आधा हल बारी र आधा हल खेतबाहेक अन्य आम्दानीको स्रोत नभएको लामिछानेको परिवारमा बज्रपात परेको छ । “हामीसँग उपचार गर्ने पैसा छैन” कृष्णले भने– “खर्च कसरी जुटाउने भन्ने डरले बाँच्न सक्दिन कि भन्ने लाग्छ ।”
उता आमा कृष्णकुमारी लामिछाने पनि विगत लामो समयदेखि दमको रोगी छिन् । छोरालाई राम्रो शिक्षादीक्षा दिउँला र ठूलो भएपछि प्रसस्त धन कमाएर वृद्ध बाबुआमालाई राम्रोसँग पालनपोषण गर्ला भन्ने आश बोकेर जीवनभर मजदुरी गर्दै आएका पीडित कृष्णबहादुर लामिछानेका बाबु मनबहादुरका आँखा विगत दुई महिनादेखि ओभाएका छैनन् । ढिलोगरी विवाह गरेका उनको परिवारमा ढिलैगरी कृष्णको जन्म भएको थियो ।
माघ पहिलो साता पेट तथा कोखा दुःखेपछि परीक्षण गर्न अस्पताल पुगेका लामिछानेका दुवै मिर्गौला फेल भएको थाहा पाएका थिए । उनलाई तत्काल मिर्गौला प्रत्यारोपण गर्नका लागि चिकित्सकले सुझाव दिएका, तर खर्च अभावका कारण सामान्य उपचार गरेर बसेका छन् ।
दुवै मिर्गौला फेल भएका कारण उनलाई दैनिकरुपमा स्वास्थ्य समस्या आउने गरेको बताउँछन् । उपचार गर्न महँगो भएकाले तत्कालै मिर्गौला प्रत्यारोपण गर्न समस्या भएकाले बाँच्ने आशा नभएको भन्दै आँशु झार्छन् । “सपनामा मरेको मात्रै देख्छु” कृष्णले भने– “आफूसँग पैसा नभएकाले बाँच्न गाह्रो देखेको छु ।”
उनको रोगका बारेमा थाहा पाएपछि उनले पढ्ने विद्यालय, तिलाहारका स्थानीय तथा विदेशमा रहेका नेपालीको सहयोगमा केही रकम सङ्कलन गरेर सामान्य उपचार हुँदै आएको छ । उनका दुवै मिर्गौला प्रत्यारोपण गर्न करिब रु २० लाख खर्च हुने भएकाले समस्या भएको परिवारको भनाइ छ ।
बुढेशकालमा छोराको कमाइ खाने बेलामा उसैको उपचारका लागि हात थाप्दै हिँड्नुपरेको बाबु मनबहादुर चिन्ता व्यक्त गर्छन् । “घरको सम्पत्ति बेचेर उपचार गर्थेँ” उनले भने “सबै बेच्दा लाख पनि पुग्दैन ।” छोरालाई पोखरास्थित गण्डकी अस्पतालमा डायलाइसिस गराइरहेका लामिछाने उपचार खर्च जुटाउन सहयोगको अपिल गर्दै भौँतारिएका छन् ।
अहिले गाउँलेको सहयोगमा उपचार गर्दै आएको उनी बताउँछन् । चिकित्सकले मिर्गौलाबाहेक रु १२ लाख र मिर्गौला किन्नुपरे रु २० देखि २५ लाख खर्च लाग्ने भनेपछि उनी सहयोगको अपिल गर्दै विभिन्न सङ्घ संस्था र सञ्चारमाध्यम गुहार्दै हिँडिरहेका छन् ।
उमेरले ६० पुगेका मनबहादुर छोराको जीवन बचाउन आफ्नै मिर्गौला दिने सोचमा समेत पुगेका छन् । “म बरु छिट्टै मरेपनि पछुतो छैन” उनले भने– “मेरो मिर्गौलाले काम ग¥यो भने छोराले त नयाँ जीवन पाउला ।” मजदुरी गरेर बिहान बेलुकाको छाक टार्दै आएका उनले आवश्यक सहयोग गरिदिन सरकारी तथा गैरसरकारी निकाय र सङ्घ संस्थासँग माग समेत गरेका छन् ।
मिर्गौला पीडित कृष्णलाई पढ्न तथा परीक्षामा सहजताका लागि नवजागृत माविका शिक्षक हरिबहादुर लामिछानेले सहयोग गर्दै आउनु भएको छ । उहाँले विभिन्न ठाउँमा लिएर जाने तथा सहयोग जुटाउने काम समेत गरिरहनुभएको छ ।
मिर्गाैलापीडित कृष्ण जेहन्दार र एसइइ परीक्षा सहजै राम्रो अङ्क ल्याएर पास गर्नसक्ने विद्यार्थी भएको उहाँले बताउनुभयो ।
उहाँले कृष्णको उपचारका लागि विद्यालयले समेत अभियान चलाएको र हालसम्म करिब रु चार लाख सहयोग सङ्कलन भएको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...