ताजा समाचार

बंगलादेशसँग नेपाल ८३ रनले पराजित भएपछि समूह चरणबाटै बाहिरियो

काठमाडौं । एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ। बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा अलआउट हुँदै १७४ रनमा समेटिएको थियो। लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

यसअघि पहिलो खेलमा पाकिस्तानसँग हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग पराजित हुँदै एक खेल अगावेै प्रतियोगिताबाट बाहिरिएको हो। अब नेपालले हङकङसँग बिहिबार खेल्नेछ। सेख कमाल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका लागि दिपेन्द्र सिंह ऐरी दिलीप नाथले सर्वाधिक ९८ रनको साझेदारी गरेका थिए।

दिलिप नाथ ४१ रनमा आउट भएका थिए भने ऐरी ५६ रनमा आउट भएका थिए। यस्तै बिनोद भण्डारीले बिस्फोटक ब्याटिङ गर्दै ३३ रन बनाएका थिए। उनले मात्र २३ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए। पहिलो पटक डेब्यु गरेका आसिफ खेखले १२ तथा मेहबुब आलमले १० रन बनाएका थिए।

अरू ब्याट्मेनले खुलेर खेल्न सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org