ताजा समाचार

पत्रकारमा सत्यनिष्ठता, स्वाभिमान र राष्ट्रभक्ति हुनुपर्ने

पोखरा । नेपाल पत्रकार महासङ्घको ६२औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा पत्रकारितालाई मर्यादित पेसाका रुपमा विकास गर्न महासङ्घको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

अन्तक्र्रियामा पत्रकार महासङ्घ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले पत्रकारमा सत्यनिष्ठता, स्वाभिमान एवम् राष्ट्रभक्ति जस्ता गुण अपरिहार्य भएको बताए ।

शाखाका पूर्वअध्यक्ष एवम् पुरस्कार निर्देशिका परिमार्जन उपसमितिका संयोजक बद्रीविनोद प्रतीकले शाखाद्वारा सञ्चालित पुरस्कारको गरिमा र महत्वलाई अभिवृद्धि गर्न प्राप्त सुझावलाई समेटेर अघि बढिने बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले महासङ्घलाई दलविशेषको सङ्गठनभन्दा पनि स्वतन्त्र संस्थाका रुपमा विकास गर्नुपर्र्नेमा जोड दिए ।

पूर्वअध्यक्ष नारायण कार्कीले शाखाबाट प्रदान गरिने पुरस्कारलाई स्थानीय, प्रान्तीय र राष्ट्रिय गरी पुरस्कारलाई तीन तहमा विभाजन गर्न सकिने सुझाव दिनुभयो । पूर्वअध्यक्ष रवीन्द्र बाँस्तोला र पूर्वअध्यक्ष पुण्य पौडेलले वर्तमान अवस्थामा श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक मात्र नभएर पत्रकारको व्यक्तित्व विकास, बिमा वृत्ति विकासजस्ता धेरै कुरा सम्बोधन गर्नु आवश्यक भएको बताए।

पत्रकार महासङ्घ कास्कीका सल्लाहकार रमेश पौडेलले महासङ्घलाई यस अवस्थासम्म ल्याइपु¥याउने संस्थापक कृष्णप्रसाद भट्टराई तथा अन्य अग्रजको योगदानको स्मरण गर्नुभयो । महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासङ्घ, कास्की शाखालाई श्रमजीवी पत्रकारको साझा संस्थाका रुपमा विकास गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org