ताजा समाचार

मालपोत प्रमुखलाई स्थानीयले नियन्त्रणमा लिए

पर्सा । वीरगन्ज उपमहानगरपालिका–२ का स्थानीय बासिन्दाले मालपोत कार्यालय, पर्साका कार्यालय प्रमुख प्रकाश पोख्रेललाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।

पोख्रेलले बिहान ९ बजे कार्यालय पुगेर हाजिरी पुस्तिकामा हाजिर गर्ने र त्यसपछि  कार्यलय नआउने गरेको भन्दै स्थानीयले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलय पर्सामा बुझाएका हुन् ।

सर्वसाधारण जनताको समयमा काम नगरी दुःख दिने गरेको र जनताको समस्या गुनासा नसुनी आफ्नो मनलागि गर्ने गरेको भन्दै आक्रोशित भएका स्थानीयले उनलाई कारवाहीको माग गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाई बुझाएका हुन् ।

पर्साका सहायक प्रजिअ पौडेलले ,‘ कर्मचारी भनेको प्रत्यक्ष रुपमा जनताका सेवक हुन् र उसले जनताको काम नगरी आलटाल गर्न नहुने भन्दै कुनै कर्मचारीले गल्ती गरेको छ भने त्यसलाई कारबाही हुने बताए।

मालपोत कार्यालय पर्साका प्रमुख पोख्रेलका अनुसार अनलाइन सेवा नभएकाले गर्दा मालपोत कार्यालयमा केहि समस्या आएको कारण मन्त्रालयले खटाएको काममा आफू खटिँदा कुनैबेला बिहानै हाजिर गर्नु परेको छ । उनले मालपोत कार्यालय पर्सामा केही त्रुटि भए त्यसलाई आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org