ताजा समाचार

केन्द्रीय सदस्यका पत्नी बुहारीप्रति मोर्चाका कार्यकर्ताले गरे दुर्व्यवहार,एमालेको आपत्ति

 

काठमाडौं  । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य सुमन प्याकुरेलका पत्नी ज्योति र बुहारी रक्तिमज्योतिलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले दुर्व्यवहार गरेको भनी आपत्ति जनाएको छ।

नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्यमा राजविराजस्थित आफ्ना घरमा निजी कामले गएका बेला मोर्चाका जिल्ला संयोजक दिनेश यादवको नेतृत्वमा आएको समूहले घेराबन्दी गर्ने, गालीगलोज गर्ने र दुर्व्यवहार गर्ने प्रयास गरेको भनी खेद व्यक्त गरिएको छ।

आक्रमणबाट जोगाउन प्रहरी प्रशासनले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै पार्टीले मोर्चालाई लोकतान्त्रिक तथा मानवीय आचरण देखाउन र राजनीतिक ढङ्गले प्रस्तुत हुन आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org