ताजा समाचार

सांसद दुलारीको निधनप्रति सदनमा शोक प्रस्ताव


काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले सांसद दुलारी देवीको असामयिक निधनप्रति सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

नेकपा एमालेको तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा सर्लाही जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित भएका सांसद देवीको यही चैत १० गते निधन भएको थियो ।भारतको सीतामढीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनुभएका ४६ वर्षीया सांसद देवीको ललितपुरस्थित बि एन्ड बि अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

संसद्ले उनको असामयिक निधन भएकामा गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले शोक सन्तप्त परिवारप्रति समवेदना समेत प्रकट गरेको छ । ृउनले नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनको आत्माको चिर शान्तिको कामनासहित बैठकमा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

आजको बैठकको प्रारम्भमै सभामुख ओनसरी घर्तीले उहाँको निधन सम्बन्धी शोक प्रस्ताव प्रस्तुत गर्नुभयो । व्यवस्थापिका–संसद्को बैठकमा शोक प्रस्ताव पारित भएपछि अरु कार्यसूची नराखिने प्रचलन रहिआएको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही चैत २५ गते शुक्रबार दिनको १ बजे बस्ने छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org