ताजा समाचार

१० वटा ब्रुमर किन्ने महानगरको तयारी,अब काठमाडौंका सडकमा धुलो देख्न नपाइने !

काठमाडौं । महानगरपालिकाले सडकमा जम्ने धुलो सफा गर्न १० वटा ब्रुमर किन्ने भएको छ। महानगरका प्रमुख कार्यकारी ईश्वरराज पौडेलले शुक्रबार तत्काल सुधारको कार्ययोजना पेस गर्दै ६ महिनाभित्र १० वटा ब्रुमर किनेर सडक सफा गर्ने जानकारी दिएका हुन् ।

काठमाडौंको धुलोले जनस्वास्थ्यमा असर परेको, वातावरणीय प्रदुषण बढेको भन्दै धुलो कम गर्न महानगरले आफ्नो क्षेत्र र आसपासका सडक सफा गर्न ब्रुमर किन्न लागेको हो।

महानगरले ६ वटा यस्ता ब्रमुर किन्न टेन्डर प्रक्रिया तयार पारिसकेको अधिकारीहरुले बताएका छन्। ५ घनमिटर क्षमताका एउटा ब्रुमरको खरिददर २ करोड रुपैयाँ पर्न जान्छ। कूल १० वटा किन्न १५ देखि १६ करोड रुपैयाँ लाग्ने महानगरले अनुमान गरेको छ।

केही ५ घनमिटरका र केही थोरै क्षमताका किन्ने योजना बनाएको महानगरलाई बजेटको व्यवस्था सरकारले गरिदिने प्रतिबद्धता जनाएको एक अधिकारीले बताए।

महानगरले पहिलोचरणमा ६ वटा र दोस्रो चरणमा ४ वटा यस्ता ब्रमुर ल्याउने योजना बनाएको छ। जसको लागि टेन्डर प्रक्रिया कम्तिमा पनि तीन महिना लाग्ने हुँदा केही समय लाग्ने प्रमुख कार्यकारी पौडेलले बताए।

हाल महानगरसँग एउटा ब्रमुर छ। ०६८ सालमा चीन सरकारको अनुदानमा दिएका थोरै क्षमताका दुईवटा ब्रुमर भने बिग्रिएर थन्किएका छन्। त्यस्तै सार्क शिखर सम्मेलनको क्रममा खरिद गरिएको एउटा ब्रुमर भने चालु छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org